मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, April 6, 2011

मुस्ताङको चिमाङमा अचम्मको आरु

चन्द्रश्वर बस्ताकोटी
 मुस्ताङ, चैत्र २३ गते
 तपाईले आरुको बोटमा बर्षमा कति पटक फुल फुलेको देख्नु भएको छ ? तपाई कहिले काहि कुनै ठाउमा नसुनेका कुरा देखेरै अचम्ममा पनि पर्न सक्नुहुन्छ ! बर्षमा एकपटक फुल फुल्ने र फल लाग्ने आरु लगायत धेरै थरीका फलफुलको प्राकृतीक नियम नै हो । तर मुस्ताङको टुकुचे गाबिस चिमाङ गाउँ स्थित निलगीरी प्राथमिक बिद्यालय परिसरमा रहेको पुरानो आरुको बोटमा बर्षको तीन पटक फुल फुल्ने गर्छ ।

हरेक बर्ष  ३ पटक कात्तिक, पुस र चैत महिनामा यस बोटमा आफुले थाहा पाउँदा देखि नै फुल फुल्ने गरेको स्थानिय ८२ बर्षिय बृद्ध लालबहादुर थकालीले बताउदै भने बाजेले भनेका उहाका बाजेहरुका पालमा पनि पुजा गर्ने ठाउँको यो रुख यस्तै पुरानो र तिन पटक फुल फल्ने थियो रे ।  आफु सानो छदा आफ्ना हजुर बुवाहरुले पनि रुख यस्तै देखेको र उहाहरुका बावुबाजेले पनि रुख यस्तै देखेको बताउने बृद्ध थकाली परापुर्वकाल देखीनै रुखको फेदमा पुजाआजा गर्ने गरेको बताउनु हुन्छ । रुख कति बर्षको भयोहो भन्ने प्रश्नमा आरुको रुख १हजार भन्दा बढि बर्ष पुरानो भएको बृद्ध थकालीले दावी गर्नु भयो ।

बर्षमा तीन पटक फुल फुल्ने गरे पनि फल भने एक पटक मात्र लाग्ने गरेको छ । यस बोटमा लागेको फल अन्य बोटको भन्दा बढी गुलियो स्वादको हुने स्थानियबासी बताउँछन् । प्रकृतीलाई नै चुनौती दिइरहेको यस आरुको बोटले स्थानियबासी मात्र नभएर कृषी प्राबिधीकहरूलाई पनि आश्चार्यमा पार्ने गरेको छ । यसबोटलाई राम्रो लक्षिणको भएको भन्दै भगवान सम्झेर स्थानियबासीले नियमीत पुजाआजा गर्ने गर्छन् । स्थानियबासीन्दाबाट रुखलाई संरक्षण गरिदै आएको छ ।  
कृषीसग सम्वन्धित  बिज्ञहरुकालागि पनि चासोको बिषय भएकाले रुखको ब्यापक प्रचार प्रसार गर्नु पर्ने चिमाङ गाउका इन्द्र बहादुर थकाली बताउनु हुन्छ ।

No comments:

Post a Comment