made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Saturday, April 16, 2011
म्याग्दी जिल्ला २०६७ सालमा उपलब्धी सँगै निराशाजनक बन्यो
सन्तोष गौतम
म्याग्दी २०६८ बैसाख ३देश राजनितिक अस्थिरताको भुमरीमा जुग्रीरहेको अवस्थामा नेपालको म्याग्दी जिल्लाका लागि वर्ष २०६७ विभिन्न उपलब्धीसँगै निराशाजनक बन्यो ।
१७ पटकको निर्वाचन पछि देशमा झलनाथ खनाल प्रधानमन्त्रीमा चुनिएपनि म्याग्दी जिल्लामा भने राजनितिक गतिबिधीले केही सक्रियता पायो । यस बिचमा माओवादी नेता अमिक शेरचन, काँग्रेस नेता गगन थापा, अर्जुननरसींह केसी, बालकृष्ण खाँण, एमाले नेता गणेश तिमिल्सेना लगायतको उपस्थितीमा विभिन्न कार्यक्रम भए । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट रेशम बानिया सभापतिमा निर्वाचित भए भने राष्ट्रिय जनमोर्चाको अधिवेशनबाट जगत बिक अध्यक्ष बने ।
राजनितिक दलका गतिविधीहरू सदरमुकामसँगै गाउँ केन्द्रित भए, शान्ति र संबिधानका विषयको चर्चा गरिएपनि ती कुरा केन्द्रिय स्तरमा पुग्यो पुगेन पत्तै भएन् । वर्षको अन्त्यतिर बाबियाचौरको खुम्याहमा भएको चोरी घटनामा जिल्ला सेक्रेटरी लालु किसानको नाम मुछिएको घटनाले निकै चर्चा पायो । केन्द्रिय राजनितिका सत्ता साझेदार एमाले माओवादीको सम्बन्ध जिल्लामा भने सोही विषयले चिस्यायो । अनुसन्धानकै क्रममा रहेको सो घटनालाई एकाएक चर्चामा ल्याएका प्रहरी नायव उपरिक्षक नवराज भट्ट वर्षको अन्तमा अन्यौलमा परे र आलोचित पनि भए । संविधान निर्माण प्रक्रिया ओझेलमा परेका कारण अन्य ठाउँमा जस्तै म्याग्दीबासी पनि वर्तमान राजनितिक स्थिती प्रती निराश छन् ।
यो वर्ष प्रशासनबाट भने गाउँगाउँमा घुम्ती शिवीर सञ्चालन भएपनि जनताले राहत पाएका छन् । गुर्जा, मुना, लुलाङ, पाखापनी, दग्नाम, शिख, घार जस्ता दुर्गम गाउँमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा घुम्ती शिवीर स्थापना भएर सरकारी सेवा दिईएको छ ।
प्राकृतीक प्रकोप र दुर्घटनाका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या बढ्यो । भदौ २५ गते राहुघाट नदीमा खसेर गलेश्वरबाट एकै परिवारका दुईजना वेपत्ता भए असोज तेस्रो हप्ता बाँदरजुङ भिरमा तिर्थयात्री बोकेको जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । अनावृष्टि, अतिवृष्टी, असिना, खडेरी जस्ता मौसमी कारणले कृषी क्षेत्र निराशाजनक नभएपनि कृषक उत्साहीत पनि हुन सकेनन् । अनुकुल मौसम, सिचाई सुविधा र जनशक्ति अभावका कारण कृषी उत्पादन घट्दो देखिन्छ । ग्रामिण क्षेत्रका खेतबारी बाँझै बस्न थालेका छन् । प्राकृतीक सुन्दरताले भरिपूर्ण म्याग्दी जिल्लामा पनि पर्यटन वर्षको सुरुवातसँगै पर्यटकीय गतिबिधी बढ्यो । धौलागिरी हिमाल आरोहणको ५० औ वर्षगाँठ पनि धुमधामका साथ सदरमुकाममा मनाईयो तर सम्बन्धित ठाउँलाई छोएन् ।
विकास निर्माणको क्षेत्रमा यो वर्ष ओखरबोट, बरङ्जा, अर्मन, शिख, घार, पाखापानी लगायतको क्षेत्रमा सडक सुबिधा विस्तार भयो । स्थानीयबासी बिकासका कामम सक्रिय बनेका छन् । सरकारी निकायबाट सडकको स्तरबृद्धी गर्ने काम भैरहेको छ । मालढुङ्गा बेनी सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ भने बेनी दरवाङ र अन्य सडकको स्तरवृद्धी गर्ने काम कछुवाको गतिमा भैरहेको छ ।
बिना सर्वेक्षण जथाभावी सडक निर्माण गर्ने क्रमले प्राकृतीक विपत्ति निम्त्याउन थालेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्वास्थ्य, सरसफाई र खानेपानी सम्बन्धि योजना र कार्यक्रम सञ्चालन भइरहेका छन् । दग्नाम, भकिम्ली, दाना, बाबियाचौर, अर्मन र शिख गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । शैक्षिक क्षेत्रमा प्रवेशीका परिक्षाको परिक्षाफल उपलब्धीमुलक नभएपनि ग्रामिण क्षेत्रमा उच्च मावि र क्याम्पस खुलेपछि शैक्षिक जागरण बढेको पाईएको छ । दरवाङ, ताकम, बिम लगायतका ग्रामिण क्षेत्रमा तार रहित ईन्टरनेट सेवा विस्तार भयो भने नेपाल टेलीकमले गुणस्तर सुधार्न नसकेपनि अधिकांश गाविसमा मोवाईल सेवा विस्तार गरेको छ ।
वर्ष २०६७मा म्याग्दीमा वित्तिय क्षेत्रको आकर्षण बढ्यो । सिटिजन्स बैङ्कले बेनीमा शाखा स्थापना गर्योे निलगिरि विकास बैङ्कले भुरुङ तातोपानीमा दोस्रो शाखा स्थापना ग¥यो । गाउँ गाउँमा सहकारी स्थापना भए । ऋण खोज्न साहुकहाँ जानुपर्ने संस्कार परिवर्तन हुन थालेको छ । वित्तिय संस्थाहरूले जिल्लामा निक्षेप संकलन गरेर बाहीर लैजाने गरेको आरोप हटेको छैन् । १ सय ६४ मेघावाटको कालिगण्डकी गर्ज, अपर कालिगण्डकी, मिस्त्री, घाराखोला लगायत जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गरेका छन् । ३० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । निजि क्षेत्रको अगुवाईमा माघ पहिलो साता परम्परालाई निरन्तरता दिदै आर्थिक, साँस्कृतिक र पर्यटन विकासका लागि सडक खाना महोत्सव सञ्चालन भयो । यसैबिचमा जिल्लाका विभिन्न ठाउँमा महोत्सवको तयारी भएको छ भने मेला जात्राले पनि निरन्तरता पाए ।
२०६७मा म्याग्दीको सुरक्षा सन्तोषजनक मानिएपनि प्रहरीप्रती सर्वसाधारणको गुनासो बढेको छ भने अर्थुङ्गेको ईन्द्रबक्स गणका एक सिपाहीको मृत्युको घटनाले पनि चर्चा पाएको छ । रत्नेचौरका दुई बालीकाको हत्याका आरोपीतलाई २० महिनापछि प्रक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढायो । अनेकन चुनौती र समस्यासँग संघर्ष गर्दै २०६७ हामीबाट टाढा हुँदैछ । विगतको समिक्षा गर्दै भविष्यप्रती सबै जिम्मेवार बनौ । नववर्ष २०६८ को पावन अवसरमा सुख शान्ति, सम्वृद्धी र सफलताको शुभकामना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment