मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, April 13, 2011

एमालेका चार मन्त्री र छ राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं, ३० चैत ।
नेकपा एमालेका नवनियुक्त चार मन्त्री र ६ राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनालले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । 
सपथग्रहण गर्ने मन्त्रीहरुमा स्थानिय बिकासमन्त्री उर्मिला अर्याल, िसंचाई मन्त्री रघुवीर महासेठ, वन तथा भू-संरक्षणमन्त्री भानुभक्त जोशी र सामान्य प्रशासन मन्त्री युवराज कार्की रहेका छन् ।  सोमबार अज्ञात समुहको खुकुरी प्रहारमा घाईते भएका उर्जा मन्त्री गोकर्ण बिष्ट भने सपथ ग्रहण समारोहमा उपस्थित थिएनन् । त्यसैगरी एमालेका नवनियुक्त राज्यमन्त्रीलाई प्रधानमन्त्री खनालले आजै  िसंह दरबार स्थित राष्ट्रिय योजना आयोगको हलमा आजै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।
सपथ ग्रहण गर्ने राज्यमन्त्रीहरुमा स्थानिय विकास राज्यमन्त्री शत्रुघन महतो, िसंचाई राज्यमन्त्री दलबहादुर सुनार, उर्जा राज्यमन्त्री रामजी शर्मा, सामान्यप्रशासन राज्यमन्त्री डम्बर सम्बाहम्फे, बन तथा भू-संरक्षण राज्यमन्त्री भगवती चौधरी, अर्थ राज्यमन्त्री डा ल्हारक्यार लामा रहेका छन् ।
आफुलाई शिक्षा राज्यमन्त्री पदमा नियुक्ति गरेर अपमान गरेको भन्दै नेकपा एमालेकी पुरानी महिला नेतृ तथा सभासद  राधा ज्ञवालीले  राज्यमन्त्री पद अस्वीकार गरेकी छन् । आफु भन्दा कनिष्ट नेतालाई पुर्णमन्त्रीमा नियुक्ति गरेर आफुलाई राज्यमन्त्री बनाएको भन्दै पार्टी हैसियतमा उनले सो पद अस्वीकार गरेकि हुन् एक श्रोतले बतायो  ।

No comments:

Post a Comment