made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
समयमै नयाँ संविधान बन्नेमा आसंका ; बैद्य
काठमाडौं २३ चैत्र,
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले तोकिएको समयमै नयाँ संविधान बन्ने संभावना कम रहेको बताएका छन ।
पत्रकार सुशील गौतमको निवन्ध संग्रह ‘इतिहाँसको मझधारमा उभिएर’को बुधबार विमोचन गर्दै ’यथास्थितिवादी, पश्चिगामी र परिर्वतन नचाहने शक्तिहरुले नै संविधान निर्माणमा अवरोध गरिरहेका बताउदै बैद्यले ‘नयाँ संविधान बन्न सक्ने स्थिति देखिँदैन’ भने ।
संविधान निर्माणको क्रममा अहिले नयाँ र पूरानो शक्तिबीच संघर्ष चलिरहेको भन्दै उहाँले नयाँ शक्तिले विजय गरेमात्र नयाँ संविधान बन्ने दावी गरे ।
माओवादीले संविधान बनाउन नचाहेको भन्ने गलत प्रचार गरिएको दावीगर्दै उपाध्यक्ष बैद्यले माओवादी मूर्दा शान्तिको पक्षमा नरहेको बताए . उहाले सम्मानजनक रुपमा लडाकुको समायोजन हुनुपर्ने भन्दै ’हामी मूर्दा प्रकारको शान्ति चाहँदैनौ’ उनले भने -’हामी जनमुक्ति सेनाको सम्मानजनक समायोजन होस् भन्ने पक्षमा छौ, जनमुक्ति सेनाले आत्मसमर्पण गर्दैन ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment