made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
मुस्ताङमा क्रिकेट क्रेज
हिमालि जिल्ला मुस्ताङमा खेल गतिविधी कम हुने गरेपनि खेलका प्रशंसकहरु भने धेरै छन् । त्यसमा पनि क्रिकेट प्रेमीको त कुरै नगरौ । मुस्ताङ जस्तो जिल्लामा पनि क्रिकेट प्रेमी धेरै छन् भन्दा सुन्नेलाई आर्श्चर्य लाग्न सक्छ । तर विश्वकप क्रिकेट सुरु भएदेखि त मुस्ताङबासीले खाने र सुत्ने फुर्सद समेत पाएका छैनन ।
बुधवार राती भएको इण्डिया र पाकिस्तानविचको सेमीफाईनल खेल हेर्न खेल प्रेमी मात्र नभएर विभिन्न सरकारी कार्यालयका कर्मचारीको समेत ठाउ“ ठाउंमा भिड लागेको थियो । अधिकांश इण्डियाका र्समर्थक भएकाले जीतमा नाचगान गरेररै खुशीयाली मनाए । अघिल्लो दिनमा आफ्नै कोठामा बसेर खेल हेर्दै आएका घरेलु कार्यालयका बरिष्ठ उद्योग अधिकृत रत्नप्रसाद श्रेष्ठ खेल हेर्न एक्यापको कार्यालय जोमसोममा पुगेका थिए । इण्डियाका प्रशंसक भएकाले उनी आफ्नो र्समर्थनमा प्रशंसक जुटाउन एक्यापको कार्यालय सम्म पुगेका हुन् । त्यसो त साढे दुइ बजेबाट सुरु भएको खेल हेर्न उनी पा“च बजे कार्यालय बन्द गरेर एक्यापको कार्यालय पुगेका हुन् । एक्यापमा अघिबाटै एक्याप र जिल्ला प्रशासनका कर्मचारी खेल हेरेर रमाई रहेका थिए । धेरै जना संग बसेर क्रिकेट हेर्न पाउंदा श्रेष्ठ दंग बने । ‘मनाङमा हुंदा विश्वकप खेल भएको थियो,सुविधा अभावले खेल हेर्न नपांदा दुःखी बनेको थिए,’उनले खुशी हुंदै भने,’मुस्ताङमा पनि त्यस्तै होला भनेर सोचेको थिए“,शहरबजार भन्दा धेरै रमाईलो गरी क्रिकेट हेर्न पाईयो ।’ उनी संगै ८ जना कर्मचारीले संगै बसेर क्रिकेट हेरेका हुन् ।
मुस्ताङमा विश्वकप क्रिकेट सुरु भएदेखिनै बालबालिकादेखि युवायुवती क्रिकेट हेर्न झुम्मिने गरेका छन् । होम टिभीको सेवा पुगेकाले मुस्ताङमा क्रिकेट हेर्न समस्या छैन । ‘पहिला त पाकिस्तान र भारत कसले जित्छ भनी बाजी राखेर खेल्ने योजना बनाएका थियौं,’एक्यापका संरक्षण अधिकृत सन्तोष शेरचनले भने,’क्रिकेट र्ने सबै इण्डियाका र्समर्थक मात्र भयौं,बाजी मार्नै पाईएन ।’ उनले सुरुमा इण्डियाले हार्ने स्थिती हुंदा सबैजना निराश बनेको बताए ।
त्यसोत सबैसंग बसेर रमाउंदै क्रिकेट हेर्न पाउंदा जिल्ला प्रशासनका सुब्बा राजेन्द्र शर्मा पनि कम्ति खुशी भएनन । ‘यसरी एउटै देशको र्समर्थक बसी क्रिकेट हेर्न पाईएला भनेर कल्पना सम्म गरेको थिईन,’उनले भने,’एउटै टिमको र्समर्थक हु“दा त आपसमा मतमतान्तर सम्म हुंदैन रहेछ ।’ आफ्नो टिमले जितेको खुशियालीमा १२ बजे सम्म गीत गाएर नाचगान गरि रमाईलो गरेको एक्यापका सन्तोष शेरचनले जानकारी दिए ।
‘पहिला त क्रिकेट हेर्दा मुस्ताङमा यति धेरै रमाईलो हुंदैन थियो,’उनले भने,’त्यही भएर धेरैपछि यस्तो खुशि मिलेकाले जीतमा सबैजनाले नाचगान गरी आपसमा खुशी साटेका हौं ।’ त्यसोत भारतको जीतमा मुस्ताङमा नरमाउने कोही थिएनन । सुरक्षाकर्मीले समेत सुरक्षा क्याम्प भित्रै खेल हेरेर रमाए । पछिल्लो समय मुस्ताङमा क्रिकेट प्रेमीको संख्यामा समेत बृद्धि भएर गएको हो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment