मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, April 29, 2011

मुस्ताङ इको म्युजियम आमाहरुलाई हस्तान्तरण



चन्द्र्श्वर बस्ताकोटी
मुस्ताङ, ३ बैशाख
मुस्ताङलाई चिनाउने मार्फा गाबिस पुथाङ एयरपोर्ट नजिकै रहेको मुस्ताङ इको म्युजियम सनिबार एक कार्यक्रमका बिच पुथाङका आमाहरुलाई हस्तान्तरण गरिएको छ । १ बर्ष अगाडी पुथाङका आमा बहुउदद्ेस्यि सहकारी सस्थालाई परिक्षणकालको रुपमा ब्यबस्थापन जिम्मा दिइएको इको म्युजियम थप ५ बर्षका लागि पुर्णकालीन ब्यबस्थापन हस्तान्तरण गरिएको हो ।

मुस्ताङ इको म्युजियम ब्यबस्थापन समिति अन्र्तगत रहि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले ब्यबस्थापन गदै आएको म्युजियमलाई स्थानिय स्तरमा हस्तान्तरण गर्ने निति अनुरुप पुर्णकालीन हस्तान्तरण गरिएको हो । मुस्ताङको यर्थाथता झल्काउने जिल्लाकै एक मात्र म्युजियम सभाषद चन्द्र बहादुर गुरुङ, राष्टिय प्रकृति संरक्षणका सदस्य सचिब जुद्ध गुरुङ र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक लालबहादुर गुरुङले सम्युक्त रुपमा पुथाङका आमाहरु द्धारा सचांलित पुथाङआमा बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष मोहनकुमारी शेरचनलाई हस्तान्तरण गरेका हुन ।
सन १९९२ मा एक्याप जापान ट्रष्ट च्याप्टरले स्थापना गरेको मुस्ताङ इको म्युनियम सन १९९७ देखि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले ब्यबस्थापन गदै आएको थियो । म्युजियमले मुस्ताङको सस्कृति झल्काउने भेषभुषा, चलन, पुराना सामाग्री, मुस्ताङमा पाइने जडिबुटि, पशुपक्षि, जनाबर, अन्नबाली लगायत आर्कषक गुम्वा, बस्तिको प्रष्ट झल्को दिन्छ । कोषमा रहने गरि गत बर्ष २० लाख र पुर्णकालीन हस्तान्तरण पछि २० लाख गरि ४० लाखको अक्षयकोष राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक लालबहादुर गुरुङले जानकारी दिए । पुथाङको सामुदायीक भबनमा हस्तान्तरण कार्यक्रमको अध्यक्षता मुस्ताङ इको म्युजियम ब्यबस्थापन समितिका अध्यक्ष भक्ति हिराचनले गरेका थिए ।
 

No comments:

Post a Comment