मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, April 29, 2011

मुस्ताङको कोवाङमा चौंरीको आलो रगत पिउने मेला सुरू

चन्द्रश्वर बस्ताकोटी 
मुस्ताङ, ५ बैशाख ।
हिमाली जिल्ला मुस्ताङको कोवाङ गाविसस्थित– २ बोक्सीखोला भनिने घट्टे खोलामा सोमबार देखि चौरी गाईको आलो रगत पिउने मेला सुरू भएको छ ।
धौलागिरि चौरीपालन कृषक समुहको आयोजनामा सञ्चालन गरिएको मेलामा चौरी गाईको आलो रगत पिउन देशका विभिन्न भागबाट सर्वसाधारण कोवाङ आइपुगेको मेला आयोजक समितिका सचिब सकेन्द्र गौचनले जानकारी दिए । बिदैशबाट समेत चोरीको आलो रगत पिउनकै लागि केहि बिदेशिहरु समेत आएको उनले बताए ।
आफ्नो आयआर्जन बढाउन र दिर्घ रोगीहरुको लागि विगत लामो समयदेखि यस्तो मेलाको आयोजना गर्ने गरिएको छ । मेला १० दिनसम्म सञ्चालन हुने मेलामा आलो रगतका साथै याकको मासु, होटल रेष्टुरेष्ट समेत गरि एक गोठले ३ देखि ५ लाख सम्म आम्दानी गर्ने बताईको छ  ।
हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा, जटामसी, पाँचऔले, निरमसी लगायत जडिवुटी खाएका चौरी र याकको आलो रगत पिएमा ग्यास्ट्रिक, यौन र्दुबलता र चिसोका कारण लाग्ने रोग निको हुनका साथै शारिरीक स्फुर्ती र अन्य रोगले समेत आक्रमण नगर्ने जनविश्वास रहेको छ ।
चौरीको आलो रगतमा हुन सक्ने जुकाका जिवाणुहरुलाई मार्न जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जुकाको औषधी खुवाउने ब्यबस्था मिलाएको कार्यालयले जनाएको छ ।
चौरी र याकको घाँटीमा बिषेश प्रकारको चक्कुले प्वाल पारि आलो रगत निकाल्ने गरिन्छ । एक गिलास रगत पिएवापत बिरामीले १ सय रुपैया तिर्नुपर्छ । एक चौरी वा याकको शरिरबाट २० देखि २५ गिलास सम्म रगत निकाल्न सकिन्छ ।
सो क्षेत्रका १३ चौरी गोठका करिब ६ सय चौरी मध्ये ४ सय चौरीको आलो रगत निकाल्ने समुहका सचिब गौचनले बताए ।

No comments:

Post a Comment