मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, April 12, 2011

मुक्तिनाथ आउने तिर्थयात्रीको ओइरो, प्रजिअको नेत्वृतमा निरन्तर अनुगमन

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २९ चैत्र
हिन्दु धर्मालम्वीहरुको पबित्र तिर्थस्थल हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ आउने तिर्थयात्रीको चाप बढेको छ । रामनवमी एव चैते दशैसगै तिर्थयात्रीहरुको चाप मुस्ताङको सदरमुकाम जोमसोम, कागबेनी र मुक्तिनाथ बढेको हो । आफ्ना पितृको सम्झनामा कागबेनीमा पिण्डदान गर्न र प्रशिद्ध मुक्तिनाथको दर्शन गर्न दैनिक २ हजार देखि ४ हजार सम्म तिर्थयात्री आउन थालेका हुन  ।
तिर्थयात्रीहरुको चाप संगै तल्लो मुस्ताङको घासा, जोमसोम, कागबेनी र मुक्तिनाथ गाविसमा रहेका होटलहरु,े स्थानीयबासीन्दाको घर वा होम स्टे, धर्मशाला भरिए पछी केहि सामुदायीक भवन समेत भरिएका छन । तिर्थयात्रीको शान्ति, सुरक्षा एव बस्ने बास लगायतका सुबिधाका लागि प्रमुख जिल्ला अधिकारी योगेन्द्र राज पाण्डे आफै समेत सम्वन्धित ठाउहरुमा रातको १० बजे सम्म बाटोहरुमै खटिएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार औसी देखि चैते दशै सम्म करिब १८ हजारको हाराहारीमा तिर्थालुहरु आएको जानकारी दिनु भयो । मुक्तिनाथ क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष प्रजिअ पाण्डेको नेत्वृतमा अनुगमन टोलीले निरन्तर अनुगमन गरिरहेको छ ।
तिथालुहरुको चाप धेरै भएपनि तिथालुहरु होटलमै अटाएको र बाहिरै बस्नु पर्ने अवश्था नरहेको बताउदै प्रहरीले कागबेनी, मुक्तिनाथ र जोमसोममा गस्ति बडाएको जिल्ला प्रहरी कार्यालयका डिएसपि राम बहादुर थापाले बताए । डिएसपि थापाका अनुसार सोमबार करिब २ सय ६५ जना र मगलबार करिब ८५ जना तिथार्लु चिसोका कारण सामान्य बिरामी परे पछि उपचारका लागि सचालित स्वास्थ्य सिबिर र जिल्ला अस्पतालमा उपचार गरि फर्केको जानकारी दिनुभयो ।
नवलपरासीबाट पर्यटन बर्ष २०११ सफल पार्न एव आफ्ना पितृको सम्झनामा कागबेनीमा पिण्डदान र प्रशिद्ध मुक्तिनाथको दर्शन गर्न आएका तिर्थयात्रीले बस्न खान गाडिको ब्यबस्था तिर्थयात्रीको चापलाई हेर्दा ब्यबस्थीत भए पनि बेनी देखि जोमसोम र कागबेनी मुक्तिनाथसम्मको भाडा भने तुलनात्मक रुपमा बढि तिर्नु परेको गुनासो गरे ।

No comments:

Post a Comment