made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Monday, April 11, 2011
बागलुङ कालिका मन्दिरमा दर्शनार्थीहरु अहिले सम्मकै उच्च
दिलिप पौडेल
बागलुङ २८, चैत्र
चैत्राष्टमीको अवसरमा पश्चिमाञ्चलकै धार्मिक तथा पर्यटकीय क्षेत्र बागलुङमा रहेको कालिका भगवती मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । मन्दिरमा देविभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ भइरहेको छ । देशका विभिन्न ठाउँबाट मनोकामना पूरा गर्न बागलुङ कालिका मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरुको संख्या अहिलेसम्मकै उच्च रहेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । कालिका मन्दिरको दर्शनका लागि बागलुङ, पर्वत, म्याग्दी, गुल्मी, कास्की, स्याङ्जा, बुटवल, इलाम लगायत देशका विभिन्न भाग साथै भारतबाट समेत दर्शनार्थीहरु आएका छन् । यसैबिच चैतेदशैको अवसरमा बागलुङमा आयोजना गरिएको चैत्राष्टमी मेलाको आज दोश्रो दिन करिव ३० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले दाबि गरेको छ । मेलाको अवसरमा आयोजना गरिएको कालिगण्डकी नदिमा ¥याफ्टिङमा पनि आन्तरिक पर्यटकहरुको ओइरो लागेको बागलुङ युथ गु्रपले जनाएको छ । मेलामा दोहोरी गित प्रतियोगीता लगायतका अन्य सास्कृतिक कार्यक्रमहरु पनि राखिएको छ । मेलाकै अवसरमा राखिएको रमाइलो मेलाले समेत दर्शकहरु ओइरिएका छन ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment