मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, April 6, 2011

एमाओबादीद्वारा डिएसपी र एमाले बिरुद्ध नाराबाजी

‍‍‍‍‍अगन्धर तिवारी
म्याग्दी, २३  चैत
एकिकृत नेकपा माओबादी म्याग्दीले आइतबार दिउँसो म्याग्दीका प्रहरी नायव उपरिक्षक नवराज भट्ट र नेकपा एमाले बिरुद्ध नारबाजी गरेको छ ।
एकिकृत माओबादीले हालै र्सार्वजनिक गरेको जनस्वयंसेवक दस्तालाई जिल्लामा पहिलोपटक र्सार्वजनिक गर्दै उसले बाबियाचौर गाविसमा केहि समय अगाडी घटेको घटनाको विषयलाई लिएर डिएसपी भट्ट र एमालेबिरुद्ध नाराबाजी गरेको हो ।
भ्रस्ट डिएसपी मुर्दावाद, डिएसपी नवराज भट्ट र एमालेबिचको अपवित्र साँठगाँठ मुर्दाबाद, जिल्ला सचिव लालु किसान र राजु रञ्तिजामाथि लगाएको झुट्टो मुद्धा खारेज गर लगायतका नारा लगाउँदै माओबादीका केन्दीय सदस्य बाबुराम नेपाली, सभाषदद्वय गोबिन्द पौडेल र गमबहादुर श्रीष सहित जिल्ला नेता तथा कार्यकर्ताहरूले बेनीबजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमापछि जनस्वंसेवक दस्ता र्सार्वजनिक गर्दै उक्त दस्ता परिचालन समितिका केन्द्रीय सदस्य ध्रुव घिमिरेले वाइसियल र जवस्वयंसेवक दस्ताका बिचमा कुनै भिन्नता नरहेकोले कसैले आसंका नगर्न अनुरोध गरेका थिए ।

No comments:

Post a Comment