मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, April 6, 2011

जातीय मुक्ति मार्चाले दैजी गाबिसमा बम राखेपछि सचिबहरु त्रसित




गाबिस सचिबहरु राजीनामा दिने तयारीमा
केशबराज जोशी कंचनपुर २२ चैत ।

कंचनपुरमा फेरी जातिय मुत्ति मार्चाले गाबिस सचिबहरुलाई राजनीनामा गर्न चेताबनी दिएपछि जिल्लाका बिभिन्न गाबिसका सचिबहरु सदरमुकाम भीमदत्तनगरमा केन्द्रित भएका छन् । मार्चाले सबै गाबिसहरुमा पत्र पढाई हिजामात्रै दैजी गाबिसमा बाल्टीन बम राखेको थियो । कार्यालय प्रमुखको मुल गेटमा राखिएको बमलाई प्रहरीले निष्क्रिय पारेको थियो ।

सयुत्त जातिय मुक्ति मर्चाका महासचिब बताउने मुत्तिदाताका नामबाट गाबिस सचिबहरुमा गएको पत्रमा राजतन्त्र र २०४७ सालको संबिधान ब्युताउने षड्यन्त्र भैरहेको भन्दै गाबिस सचिबहरुलाई तत्काल राजीनामा गर्न चेताबनी दिएको छ ।

जिल्लाका १९ गाबिस सचिबहरुलाई धम्की पत्र तथा दैजी गाबिसमा बम भेटिएपछि आफुहरु असुरक्षित महसुस गरेको भन्दै काममा जाने कि नजाने भन्नेबारे अन्यौला रहेको गाबिस सचिब हकहित माचका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो ।

उहाले सुरक्षाको प्रत्याभुती नभए सबै गाबिस सचिबहरु राजीनामा दिनसक्ने बताउदै प्रशासनले सुरक्षाको अनुभुती नदिलाएसम्म काममा नफर्कने बताउनुभयो । यसअधि पनि सोही मोर्चाको नामबाट पत्र आएको बताउदै यस बिषयमा सरकार गम्भीर हुनुपर्ने सचिबहरुको माग छ । पत्र हुलाकमार्फत आएको बताउदै अध्यक्ष बुढाले यसको बास्तबिकता बाहिर ल्याउन प्रशासन सकि्रय हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काले समस्या बुझेर आबश्यक कलम चाल्ने बताउनुभयो ।

No comments:

Post a Comment