made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 13, 2011
म्याग्दी काली एफएम बेनीले दोस्रो वार्षिक उत्सव मनाउदै
सन्तोष गौतम,
म्याग्दी, ३०चैत
म्याग्दी काली सञ्चार सहकारी संस्था लीमिटेडद्धारा सञ्चालित म्याग्दी काली एफ एम ८८.२ मेघाहर्जले बुधबारदेखि विभिन्न कार्यक्रम गरेर दोस्रो वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।
सदरमुकाम बेनीका विभिन्न ठाउँबाट प्रत्यक्ष प्रशारणका साथै शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको हो ।संस्थाका कर्मचारी र सञ्चालकहरुको सहभागितामा न्युरोड, हुलाकचोक, जिल्ला प्रशासन कार्यालय अगाडीको चोक, बालमन्दिरचोक, बैङ्करोड, संगमचोक, गणेशटोल सम्म प्रत्यक्ष प्रशारण र शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा स्रोता, विज्ञापनदाता, सुभेच्छुक र सेयरसदस्यहरूले एफएमलाई शुभकामना दिँदै आगामी दिनमा थप परिस्कृत दंगले समाचार र कार्यक्रम प्रशारण गर्न सुझाव दिएका थिए ।
यसैगरी बिहीबार औपचारीक समारोहको आयोजना गरि वार्षिक उत्सव मनाउने कार्यक्रम तय भएको छ । २०६६ साल बैशाख १ गतेदेखि म्याग्दीको सदरमुकाम बेनीबाट प्रशारण सुरु गरेको एफ एम बिहीबार दोस्रो वर्षमा प्रवेश गर्दैछ । बेनीमा स्टुडीयो र अथुङ्गेको गुफामा रिले टावर रहेको एम एमले समाचारका साथै, सूचना, ज्ञान र मनोरञ्जन मुलक कार्यक्रमहरू उत्पादन गरि प्रशारण गर्दै आएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा श्रोता, विज्ञापनदाता, कर्मचारी, सहयोगी र सुभेच्छुक शुभचिन्तकहरू प्रती आभार प्रकट गरेको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment