made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 13, 2011
म्याग्दी जिल्लाको शिखमा जनताको सुबिधाकालागि घुम्ती शिवीर
सन्तोष गौतम
म्याग्दी ३० चैत ।
म्याग्दीको शिखमा बुधबार जिल्ला स्थित सरकारी कार्यालयहरूले घुम्ती शिवीर स्थापना गरेर स्थानीयबासीलाई घरआगनमै सेवा दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शिख उच्च माविको प्राङ्गणमा सम्पन्न शिवीरबाट १ सय ५१ जनालाई नागरीकता दिईएको छ । यसैगरी १ सय १ मालपोत र ३५ नापी सम्बन्धि सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जनताका समस्या वुझ्ने र जनता तथा प्रशाशक वीचको सम्वन्ध विस्तार गर्ने उद्धेश्यले म्याग्दीका विभिन्न स्थानमा घुम्ती सेवा शिवीर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । दुर्गम गाउँका बासिन्दाले घरआगनमै नागरीकता, जग्गा नामसारी, सट्टापट्टा, बकसपत्र, अंशबन्दा र नापी सम्बन्धि सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा यसअघि जिल्लाका गुर्जा, लुलाङ्ग, दग्नाम, पाखापानी, घार र मुना गाविसमा पनि शिवीर सञ्चालन गरिएको थियो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment