मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, April 6, 2011

चौरीको आलो रगत पिउने मेला शुरु हुदै, किसानहरु तयारीमा ब्यस्त


चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २३; चैत्र

चौरीको आलो रगत पिउने मेलाका लागि हिमाली जिल्ला मुस्ताङको नाउरीकोट र नाकुमका किसान मेलाको तयारीमा ब्यस्त हुन थालेका छन । धौलागिरी चौरीपालन समुह कोवाङको आयोजनामा आगामी बैसाख ५ गते देखि आलो रगत पिउने मेलाका लागि तयारी शुरु गरिएको धौलागिरी चौरी पालन समुहका सचिब सकेन्द्र गौचनले बताउनु भयो । कोवाङ गाबिस नाउरीकोट गाउ तल रहेको बोक्सीखोला समेत भनिने घटट्ेखोला किनारमा टहरा बनाइ १० दिन सम्म निरन्तर मेला हुने भएकाले किसानहरु टहरा, गोठ बनाउने, मेलाहुने ठाउमा सरसफाईगर्ने लगायतका काममा ब्यस्त भएका छन । मुली, बुकेन लगायतकाचरन खर्कमा चदै आएका चौरीहरुका बर्षेनि आलो रगत पिउने मेला लाग्दैआएको छ  । बिकट चरनहरुमा चर्ने चौरीहरुले बहुमुल्य जडिबुटी खाने भएकाले पिएको चौरीको आलो रगतले स्वास्थ्यमा समेत सकारात्मक प्रभाब पार्ने भनाई रहदै आएको छ ।

चौरीको आलो रगत पिएपछि ग्याष्टीक रोगनिकोहुने, लो ब्लड भएकालाई सन्तुलनमा ल्याउने, बिचलित बिरामीलाई निकोपार्ने, शारीरिक स्फुर्ति बढाउने लगायतका कार्यहुने भएकाले बिदेश बाट समेत बिरामीहरु आउने गरेको सचिब गौचनले बताउनु भयो । ब्लड प्रसर हाई हुनेहरुलाई भने रगत पिउन नहुने गौचनले जानकारी दिनु भयो । १३ गोठ चौरीमा करिब ६ सय ५० चौरी रहेको भएतापनि करिब ४ सय चौरीको आलो रगत निकाल्ने सचिब गौचनको भनाइ छ । मेलामा करिब ४० बटा टहरा निमार्ण गरिने धौलागिरी चौरी पालन समुहले जानकारी दिएको छ । पाउनाहरुलाई १० दिन नै खाने बस्ने र सुत्नेको ब्यबस्था समेत मेलामै हुने बताइएको छ । चौरीको आलो रगत पिउन प्रति १ गिलास १ सय रुपैपा लाग्ने र रगत राख्ने गिलास समेत समुहले ब्यबस्था गरिसकेको बताइन्छ ।

No comments:

Post a Comment