made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
मुस्तांगको बिकट गाउमा हलो र झोपाको काम अव हाते टेक्टरबाट
चन्द्र श्वर बस्ताकोटी
मुस्ताङ ।बिश्वमै प्रबिधिले धनि बनेका देशहरु प्रसस्त छन । हालको बैज्ञानिक युगमा नेपालको हिमाली जिल्लाका विकट मानिने बस्तिहरुमा नया नया प्रविधि भित्रिन थालेको छ । विकट बस्तिहरुमा नया प्रविधि भित्राउने भने जिल्लाकृषि बिकास कार्यालय मुस्ताङ हो। अन्य जिल्लामा ठुलाठुला टेक्टर ले जोत अन गरेपनी मुस्ताङमा त्यो सभव थिएन । नया, सरल, सस्तो र भुगोल सुहाउदो प्रविधि प्रयोग गरेर हलो र गोरु विना पनि खेत जोत्न सकिने भएको हो । सानो एकैजनाले टुलो परिमाणमा सजिलै खनजोत गर्न सकिने टेलर नामक करिब ८ केजीको टेक्टर खेतवारी जोत्न सकीने भएको हो । टेक्टर कृषि विकास कार्यालयले छोन्हुप गाविसको नामग्याल गाउँलाई वितरण गरेको छ । तथा अन्य स्याउवारी
केहि समय अगाडिी टेक्टर आईडब्लुएमआरपि नामक सस्थाको सहयोगमा मुस्ताङ ल्याई जिल्ला कृषी विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको थियो । उक्त ट्याक्टरलाई भ्याट सहित ५० हजार र भ्याट बाहेक बढिमा ४५ हजार रुपैयामा खरिदगर्न सकिने जिल्ला कृषी कार्यलयका कृषि प्रसार अधिकृत रधुबिर श्रेष्टले वताए । एक झोपाको मुल्य करिब ३० हजार जति रहेको छ । गोरु, झोपाले जोत्दा स्याउको विरुवा भाँचिने हुनाले यसको प्रयोग स्याउ खेतीको लागि अति उपयोगी हुने कार्यालयको दावी छ । पेट्रोलबाट संचालन गर्न सकिने सो ट्याक्टरमा एक लिटर पेटेलले डेड घण्टा राम्रोसँग करिव तीन रोपनी जग्गा जोत्न सकिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सीनाले वताउनु भयो ।
मुस्ताङमा पहिलो पटक ल्याइएको उक्त ट्याक्टर सम्बिन्धि छोन्हुपको आङ्चु गुरुङलाई ट्रेनिङ दिईएको कृषि कार्यालायले जनाएको छ । यो दुई पाँग्रे टेक्टरको फाली झिकेर पनि एक ठाउँबाट अर्को ठाउँमा चलाएर सजिलै लैजान सकिन्छ । स्थानिय स्तरमा प्राविधिक नभएका कारण मर्मतसभारमा केहि समस्या हुनेहोकी भन्ने कृषकहरुको गुनासो रहेको छ। परिक्षणको रुपमा भित्राइएको प्रबिधिले स्थानिय जनताको सकारात्मक प्रभाब पार्न सके बितरण कार्यलाई विस्तार गरि आवश्यक तालिमको व्यवस्था गरिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत तिमल्सीनाले वताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment