made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Saturday, April 9, 2011
म्याग्दी जिल्ला निस्कोट गाविसको निर्माणाधिन सिचाई आयोजना अलपत्र
म्याग्दीको निस्कोट गाविसमा निर्माणाधिन अवस्थामा रहेको अगुवा खोला साना सिचाई आयोजना अलपत्र परेको छ ।
आर्थिक बर्ष ६६÷६७ मा जिल्ला परिषदबाट ५ लाख ९४ हजार, २ लाख जनश्रमदान र १ लाख ४४ हजार ऋणमा निर्माण कार्य सुरू गरिएको सिंचाई योजना थप बजेटको अभावमा अलपत्र परेको अगुवा खोला साना सिचाई आयोजनाका अध्यक्ष थमन घिमिरेले जानकारी दिनुभयो ।
१४ सय मिटरको को ६ सय मिटर निर्माण सम्पन्न भइसकेको छ ।गाविसको वडा नं १ का करिव २४ घरधुरीलाई लक्षित गरेर निर्माण सुरू गरिएको सो आयोजना निर्माण सम्पन्न गर्न थप बजेटको माग समेत गरेका छन् ।
सिंचाईको अभावमा निस्कोट क्षेत्रका करिव २ सय ९२ रोपनी खेतियोग्य जमिन रहेको छ । सो क्षेत्रमा विभिन्न बेमौसमी तरकारीका साथै कोदो,गहुँको सिंचाई अभावमा न्यून उत्पादन हुने गरेको स्थानिय लोक मल्लले जानकारी दिनुभयो ।
यता जिल्ला विकास समिति अन्तरगत रहेको जिल्ला प्राविधिक कार्यालय म्याग्दीले एकै सिंचाई योजनामा लगातार बजेट विनियोजन गर्न नसकिने इन्जिनियर राम पराजुलीले बताउनुभयो ।
जिल्लाका विभिन्न गाविसमा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय र केही गैरसरकारी संस्थाले सिंचाईको क्षेत्रमा काम गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment