made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Saturday, April 9, 2011
म्याग्दी जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान
म्याग्दीका बिभिन्न गाउँहरूमा यो वर्ष हिउँदे प्रमुख बालीका रुपमा रहेको गहुँको उत्पादन बढ्ने सङ्केत देखापरेको छ ।
गहुँ छर्ने सिजन, कार्तिक र मंसिर महिनाभरि गहुँ उत्पादन हुने क्षेत्रहरूमा प्रयाप्त वर्षा नभएतापनि, फल लाग्ने समयमा मौषमा अनुकुलता देखापरेपछि गतवर्षको वर्षको भन्दा यो वर्ष उत्पादन बढ्ने सङ्केत देखापरेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ ।
जिल्लाका ग्रामिण क्षेत्रका गाउँमा बसोबास गर्नेहरू शहरतिर बसाइ सर्न थालेपछि गहुँको खेती गर्नेहरू घट्दै गएको भएपनि लगाइएको बाली भने निकै राम्रो देखिएको कृषिविकास कार्यालयका बागबानी अधिकृत बेदप्रकाश पौडेलले जानकारी दिनुभयो । सुक्का भएका क्षेत्रमा सिंचाइ सुविधा नहुदाँ पाखो बारीमा उत्पादन हुने गहुँमा केही कमी आएपनि सम्रग जिल्लाको अवस्था सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।
म्याग्दीमा अधिकांस जनजातीको बस्ती भएकोले गहुँ खाद्य बस्तुमा भन्दा जाँडरक्सी उत्पादन जस्ता अखाद्य बस्तुका लागि बढि प्रयोग हुनेभएकोले त्यस्ता उत्पादनलाई रोक्न सकेमा म्याग्दीको खाद्यान्न आपुर्तीमा गहुँले समेत ठुलो भुमिका खेल्नसक्ने कृषि कार्यालयको अनुमान छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment