made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Saturday, April 9, 2011
प्रवासी म्याग्देलीद्धारा एम्बुलेन्स सहयोग
हरिकृष्ण गौतम
चैत २६ म्याग्दी ।
रोजगारको शिलशिलामा बेलायत पुगेका म्याग्दीबासीहरूले जिल्लामा एम्बुलेन्स खरिद गरेर सञ्चालनका लागि आर्थिक संकलन गर्न सुरु गरेका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सांस्कृतीक कार्यक्रम गरेर सहयोग संकलन गर्न सुरु गरेको हो । म्याग्दी र काली भेगका बासिन्दाको सुबिधाका लागि एक एक वटा एम्बुलेन्स उपलब्ध गराईने मोना युकेका उपाध्यक्ष कमल पुर्जाले जानकारी दिनुभयो ।
एम्बुलेन्स खरिद गर्न गत शनिबार म्याग्दीका लोकगायक खड्ग गर्बुजाको उपस्थितीमा बेलायतको फार्नबरो स्थित ओकफार्क कम्युनिटी विद्यालयमा संस्कृतीक कार्यक्रम गरिएको थियो । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा १७ जनाले प्रतिव्यक्ति १ लाख रुपैया भन्दा बढी सहयोग गरेका थिए ।
योगेन क्षेत्री, कमल पुर्जा, अमर मल्ल, लिलामान शेरपुञ्जा, दुध पुन, दलमान पुन, प्रकाश पौडेल, किशन जीसी, योगकुमार खजामी, भिम पुर्जा, भोज बानियां, बेल बुढाथोकी, नरबहादुर पुन, पदम पुर्जा, यशोदा बुढा, जसबहादुर थगामी, फत्तबहादुर गर्बुजा, यामायां गर्बुजा, तुलचन्द्र तिलीजा, चित्र थकाली र प्रवेश केसीले करिब २० लाख रुपैया सहयोग गर्नुभएको मोना युकेले जनाएको छ । ४० लाख रुपैया भन्दा बढी सहयोग संकलन गर्ने लक्ष्य रहेको र २ वटा एम्बुलेन्स खरिद भैसकेको संस्थाले जनाएको छ ।
सहयोग दाताहरूलाई बेलायतका लागि नेपाली राजदुत डाक्टर सुरेशचन्द्र चालिसेले सम्मान गर्नुभएको थियो । ग्रामिण क्षेत्रका बासिन्दाले आर्थिक र सवारी सुबिधाको अभावमा समयमै सस्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नपाएर मृत्युको शिकार बन्नुपर्ने अवस्थाको अन्य होस भनेर एम्बुलेन्स उपलब्ध गराउन लागिएको उपाध्यक्ष पुर्जाले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment