मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Saturday, April 9, 2011

हिमाली जिल्लामा राष्टीय पोलीयो खोप अभियान



चन्द्रश्वर बस्ताकोटी
 चैत २५ मुस्ताङ । दोस्रो चरणको १३ औ राष्टिय पोलीयो खोप अभियान ७ हिमाली जिल्लामा सनिवार शुरु हुने भएको छ । जन्मे देखि ५ बर्ष मुनिका बालबालीकालाई एकै पटक पोलीयो थोपा खुवाई पोलियो रोग बिश्वबाटै उन्मुलन गर्न देशभरि नै अभियान थालीएको हो ।

 दोस्रो चरणमा ७ हिमाली जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा र मुगुमा चैत्र २६ र २७ गते ५ वर्ष मुनिका बालबालिकालाई पोलीयो थोपा खुवाइने छ । ७ हिमाली जिल्लामा पनि दुई चरणमा गरि पहिलो चरण चैत्र २६ र २७ गते र दोस्रो चरण वैशाख २४ र २५ गते संचालन गरिने भएको छ ।

त्यस्तै हिमाली जिल्ला मुस्ताङमा १ हजार ३  सय ३१ बालबालीकालाई लक्षित गर्दै १ सय ४६ ठाउमा खोप सञ्चालन गरिने भएको छ । जसको लागि १ सय ४४ जना स्वास्थ्य स्वयमसेवीका र १ सय ४४ स्वयम सेवक खटाइएको जिल्ला स्वास्थ्य कार्यालयमुस्ताङले जनाएको छ । १६ गाबिसका प्रत्येक वडामा एक एक, जोमसोम एयरपोर्ट र  लेते गाबिसको पैराथाप्लामा थप एक एक खोपकेन्द्र सचालन हुने भएका हुन । पहिलो दिन २६ गते खोपकेन्दमा पोलीयो थोपा खुवाइने र दोस्रो दिन २७ गते खुवाउन छुटेकालाई अनिवार्यरुपमा खुवाउन घरदैलो कार्यक्रम सचालन गरिने भएको छ ।  हिमाली जिल्लामा हुने यसबर्षको पोलीयो खोप अभियानका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख डा भोजराज गौतमले बताउनु भयो । दोस्रो चरणमा पुनः वैशाख २४ र २५ मा पोलीयोथोपा खुवाइने छ ।

मनिसमामात्र लाग्ने पोलीयो रोगका बिरामी लुला लगडा हुने गर्दछन भने ३ पटक पोलीयो थोपा खाए पछि यो रोगको सक्रकणबाट बच्न सकिन्छ  । ५ बर्षमुनिका बालबालीकालाई मात्र खुवाइने पोलीपो थोपा जति पटक खाएको भएपनि खुवाउनु पर्दछ । यसले कुनै असर नगर्ने बिज्ञहरुको बिश्वास छ ।

बिश्व स्वास्थ्य सगठनका  अनुसार १९९८ वाट विश्वमा पोलियो खोप अभियान  शुरु गरिएको भएता पनि नेपालमा १९९९ बाट संञ्चालन गरिएको थियो । पोलियो खोप अभियान सञ्चालन गर्दा विश्वका १२५ राष्ट्रमा पोलियो रोगबाट सक्रमीत भेटीए पनि अहिले यो घटेर बिश्वका चार देश भारत, पाकिस्तान, नाइजेरीया, अफगानिस्थातमा मात्र देखिएको छ ।

नेपालको सन्र्दभमा २०१० नोभेम्बर सम्मको आंकदा अनुसार ३२ जना पोलियोबाट संक्रमित विरामी फेला परेको डा गौतमले जानकारी दिनु भयो । जसअनुसार ९४ प्रतिशत तराइको जिल्लाका देखा परेका थिए भने बाँकी पहाडी जिल्लामा । सर्वेक्षण अनुशार ३२ मध्ये ३० जना तराइको सप्तरी, सिरहा, धनुषा, सर्लाहि महोत्तरी तगाएतका ११ जिल्लामा देखा परे भने २ जना पहाडी जिल्ला दैलेख र वाजुरा देखा परेका थिए । तर २०१० मा रोतहटमा ४ ओटा यसको विरामि  देखा परेका थिए ।

No comments:

Post a Comment