मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, April 7, 2011

गण्डकी लोकदोहोरीमा उत्कृष्ट ४ छानिए



घनश्याम पाण्डेय
 चैत २४ पोखरा ।
गण्डकी माछापुछ्रे वेष्टर्न युनियन लोकदोहोरी तारा २०६७ को उत्कृष्ट ४ मा बाग्लुङ्गका प्रकाश सपुत विक., पर्वतका चित्रसागर श्रेष्ठ, स्याङजाका श्याम राना र कास्कीका निशा पोखरेल छनौट भएका छन् । पोखराको पृथ्वीचोकमा आज सम्पन्न उत्कृष्ट १० जना प्रतिस्पर्धीबीच भएको चौथो चरणको अडिसनबाट उहाँहरु फाइनल चरणमा पुग्न सफल हुनुभएको हो ।

यससंगै उत्कृष्ट १० मा पर्न सफल सीता परियार, शोभा कार्की, गोपिराम गुरुङ्ग, जौमाया हिताङ्ग, आयुस परियार र मञ्जु विक आजको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । रेडियो गण्डकी र गण्डकी टेलिभिजन पोखराले आयोजना गरेको गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा २०६७ अन्र्तगत उत्कृष्ट ४ मा पर्न सफल कलाकारहरुवीच आजै पोखराको चिप्लेढुंगामा कन्सर्टको पनि आयोजना गरिएको थियो। गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा २०६७ को उपाधि र नगद १ लाख पुरस्कारको लागि भोली चिप्लेढुंगामै उत्कृष्ट चार जनाबीच अन्तिम प्रतिष्पर्धा हुनेछ ।

फाईनल प्रतिष्पर्धामा उपप्रधान एवं मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यता रहने रेडियो गण्डकीले जनाएको छ । यसैगरी दोहोरी गायन प्रतिष्प्रर्धामा द्वितिय स्थान हासिल गर्नेले २५ हजार, तृतीय स्थान हासिल गर्नेले १० हजार र सान्त्वना हुनेले ५ हजार नगद प्राप्त गर्ने छन् । गण्डकी र धौलागिरीका ८ जिल्लामा सम्पन्न पहिलो अडिसनवाट छानिएर आएका प्रतिष्प्रर्धीहरुबीच पोखरामा दोश्रो र तेश्रो र चौथो चरणको अडिसन सम्पन्न भै–सकेका छन् ।

रेडियो गण्डकीको तेश्रो वार्षिकोत्सवको अवसरमा लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा आयोजना गरिएको हो ।

भोलि अन्तिम प्रतिष्पर्धासंगै विशेष कार्यक्रमको आयोजना गरी लोकदोहरी तारा घोषणा गरिने रेडियोले जनाएको छ ।

No comments:

Post a Comment