made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Sunday, April 10, 2011
सकारात्मक थकाली चलनले उत्साहित बनाउने
सोभा बस्ताकोटी
मुस्ताङ २७, चैत्र
जोमसोम गाबिस वडा नं ५ निवासी ४२ बर्षिय उजेली शेरचनको घरमा आज आइतबार चहलपहल सँगै छुटै रौनक छ । लामो समयसम्म बिरामी बने पछि हाल स्वास्थ्य बनेकी उजेलीको घरमा छरछिमेक, आफन्त, शुभचिन्तकहरुसँग आफ्नै घरमा रमाउन पाउदा दगं देखिन्छिन ।
पेटमा पथ्थर परेपछि लामो समय बिरामी परेकी उजेली उपचार पछि स्वास्थ्य बन्दै गएको र बिरामी अवश्था एवं उपचारको बेला स्वास्थ्यलाभको कामना गर्दै भेट्न आउने आफन्त, छिमेकी एवं शुभचिन्तक करिब ९० जनालाई आज उजेलीले मिठामिठा परिकार बनाई खुवाएकी छिन् । गत माघ १२ गते पोखराको पद्यम नरसिह होममा अपरेसन गरि पथ्थरी फालेर फाल्गुन ९ गते उनी जोमसोम आएपछि उनको स्वास्थ्य लाभको कामना गर्दैे आफन्त, छिमेकी एवं शुभचिन्तकहरुले अण्डा, फलफुल लगायतका समाग्री ल्याएका थिए । दुःख पर्दा सहयोग गर्नु पर्छ भन्ने भावनाले आफन्तहरु टाढैभएपनि भेट्न आउने गर्दछन । बिरामी अवस्थाबाट क्रमीक सुधार भएपछि भेट्न आउनेहरुलाई बोलाई धन्यबाद दिन र परम्परा देखिको चलन अनुरुप आइतबार उजेलीले उनीहरुलाई बोलाएकी हुन् ।
आफन्त, छिमेकी एव शुभचिन्तकहरु उनको स्वास्थयमा आएको सुधारले एक आपसमा खुसीहँुदै खुसि साटासाट गरेका छन् । दुःखि बनेका उनीहरु आज आइतबार भने कोही खाना बनाउदै, कोही चियाबनाउदै, कोही अन्यखालका परिकार बनाउदै एक आपसमा रमाएका छन । उजेलीको अनुहार साच्चीकै उजेलो बनेको देखिन्छ ।
सकभर बिरामीलाई नै, बिरामी टाढा भए बिरामीका आफन्तलाई भेटदै दःुखमा साथ दिने र खुसिमा रमाउने थकाली परम्पराले एक आपसमा आत्मीयता बढाउने उजेलीका श्रीमान हरि शेरचन बताउछन । हामी सबैले आम नेपालीको दःुखमा साथ दिदै सुखमा रमाउन सके यो समाजले पक्कै एक आपसमा आत्मीयताको अनुभुति गर्ने थियो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment