मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 24, 2011

सवारी साघन ठप्प, सडकमा मृत अवश्थामा फेला परेका चालकलाई मारेको आरोप

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ९ जेस्ठ
मृत अवश्थामा फेला परेका सवारी चालक स्याङजा जिल्ला जगत भञ्ज्याङ गाबिस बडा नं ८ का ३१ बर्षिय रोमराम सार्कीको शोक मनाउन मुस्ताङमा सोमवार कुनै पनि सवारी साधन चलेका छैनन । सवारी साधन नचले पछि मुस्ताङ आएका  पर्यटक तिर्थयात्री अलपत्र परेका छन । आइतबार दिउसो सार्कीको मृत अवश्थामा टुकुचे गाबिस बडा नं ५ छैरो बगरको मोटर बाटोमा लास भेटिएको थियो । मुस्ताङमा चल्ने जोमसोम धासा र जोमसोम मुक्तिनाथ चल्ने ८९ वटा बस तथा जिप चालकले सवारी साघन ठप्प पारेका हुन ।
सार्कीको कर्तब्य ज्यान गरि मारेको भन्दै उनका सहोदर भाई चालक चिन बहादुर सार्कीले सिन्धुली जिल्ला खाङसाङ गाबिस बडान ९ घर भै हाल टुकुचेमा अस्थायी बसोबवास गदै आएका ग १ त २१०१ नम्वरको टेक्टरका चालक बर्ष ३३ को रमेश भनिने रत्न बहादुर बिकलाई कतब्र्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जाहेरी दिएका छन । अन्य चालकहरु सहित गएका भाई चिनबहादुरले बिक र अन्य मतियार संलग्न भए अनुसन्धान गरि कानुनको दायरामा ल्याई हर्दै सम्मको कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन । ढुङा, घारीलो हतियार प्रयोग गरि मारेको उल्लेख गदै किटानी जाहेरीमा मोवाइलको बिषयमा पहिले बिवाद भएको समेत भाई चिनबहादुरले बताए ।
रमेश भनिने रत्न बहादुर बिकलाई प्रहरीले हिजै बेलुका अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लिएको छ । चालक रमेशले मदिरा सेवन गरेको भेटिएको र कतबर््य गरे नगरेको बारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरिक्षक राम कुमार थापाले बताए । टेक्टरका चालक रमेश बिकले आफुले मारेको नभई सगै टेक्टरमा टुकुचे हुदै जोमसोम आउदै गर्दा टेक्टरबाट खसी मृत्यु भएको प्रहरी सोधपुछमा बताएका छन ।
पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताललाई पत्र पठाएको, तर यो समाचार तयार पार्दा सम्म पोष्टमाटम भने हुन बाकी रहेको छ ।
दुवै जना खन्तीबाट टुकुचे हुदै टेक्टरमासगै जोमसोम तर्फ आएको प्रत्यक्षदर्शिहरु बताउछन । सवारी धनीहरुले समेत चालकको मृत्यु भएकोमा दुख ब्यक्त गदै शोकको घडिमा यात्रुहरुलाई सेवा दिन नसकिएको मुस्ताङ जिप तथा बस ब्यबसायी समितीका उपाध्यक्ष गणेश शेरचनले बताए ।  
१५ महिना अगाडी देखि मृतकले घ १ ख १५५ र भाई चिन बहादुर घ १ ख १४३ नम्वरको बस चलाउदै आएका थिए । मृतकका बावु, आमा २ छोरा १ श्रीमति समेत जोमसोम आइपुगेका छन ।
 

No comments:

Post a Comment