made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
गाडी जान थालेपछि मुस्ताङमा सामान सस्तियो
ठूला ट्रक र टुक्टरले सामान ढुवानी गर्न थालेपछि उपल्लो मुस्ताङवासीले पहिलेको भन्दा कम मूल्यमा सामान पाउन थालेका छन् । सडक सञ्जालले नजोडिएपनि उपल्लो मुस्ताङमा जिल्ला विकास समिति मुस्ताङले रु ८ लाख खर्च गरी गत वर्षदेखि कालीगण्डकीको बगर हुँदै ट्रक र टुक्टर जाने अस्थायी हिउँदे सडकमा व्यवसायिक ढुवानीका साधन सञ्चालन गर्न थालेपछि ढुवानी खर्च घटेर सामानको मूल्य सस्तिएको हो ।
स्थानीय बजारमा रु २२० प्रतिकिलो चिनीको मूल्य घटेर १२०, लुगा धुने साबुन ५ रुपैयाँ घटेर २० रुपैयाँमा पाइन थालेको छ । कुनै सयम पैसा भएपनि आवश्यक दैनिक उपभोग्य सामान किन्न नपाउने मुस्ताङवासीले ढुवानीका सवारी साधन चल्न थालेपछि सस्तोमा सहजै आवश्यक सामान पाउन थालेका छन् । महँङ्गो तिर्दा पनि भनेको बेला सामान किन्न नपाउने गरेको पहिलेको अनुभव सुनाउँदै स्थानीय कर्मसम्टुक गुरुङले अहिले ट्रक र टुक्टर आउन थालेपछि चाहिए जति आवश्यक सामान सस्तोमा किन्न पाइएको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment