मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

अंचलस्तरिय बालचित्रकला प्रदर्शनी मुस्तांगमा हुने

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ३० बैसाख
मुस्ताङमा बृहत् कवि गोष्ठि तथा अंचलस्तरिय बालचित्रकला प्रदर्शनी हुने भएको छ । नेपाली गद्यकविता धारका सर्वाधिक लोकप्रिय कवि स्व. भूपि शेरचनको २२ औं स्मृति दिवसको अवसर पारेर मुस्ताङमा बृहत् कवि गोष्ठि तथा अंचलस्तरिय बालचित्रकला प्रदर्शनी हुने भएको हो ।
भूपि स्मृति थाक पुस्तकालय मुस्ताङको समन्वयमा संचालन र ऋतुरंङ्ग फाउण्डेशन नेपालको प्रवद्र्धन गरिने उक्त प्रदर्शनीमा धौलागिरि अंचलका चारै जिल्लाका विद्यालयका वालवालीकाहरुले भाग लिने आयोजकले जनाएको छ ।
जेठ १ मुस्ताङको कोवाङमा बृहत कबि गोष्ठी र २ गते जोमजोममा अंचलस्तरिय बालचित्रकला प्रदर्शनी संचालन गरिने बताइएको छ । उक्त प्रदर्शनीमा अञ्चल भरका २ सय भन्दा बढी बिद्यालयको सहभागिता रहने फाउण्डेशनका आरके अदिप्त गिरिले वताए । शान्ति र सबिधानका बिषयमा बिद्यार्थीहरुले चित्र बनाउनु पर्ने छ ।
प्रतियोगिताका लागि चित्र बुझाउनुपर्ने अन्तीम मिति पर्वतका लागि यहि बैशाख २८ गते, बागलुङ र म्याग्दीका लागि २९ गते र मुस्ताङका लागि ३० गते विहान ११ बजे सम्मका लागि कायम गरिएको कार्यक्रम संयोजक शुशिल थकालीले जानकारी दिए ।
प्रर्दशनी शान्ति र संविधान विषयमा भएको हुँदा अंचलभरका जुनसुकै विद्यालयले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । चित्रकलाको लागि प्रत्येक सहभागिले कम्तीमा एफोर तथा बढीमा त्यसको डवल साईजमा जुनसुकै रङको प्रयोग गर्न सकिने कार्यक्रम संयोजक  थकालीले वताए ।

No comments:

Post a Comment