मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

उपयुक्त मौसमका कारण मुस्ताङमा स्याउ उत्पादन बढ्ने

चन्द्रश्वर बस्ताकोटी

जोमसोम, बैसाख
विगतका बर्षको तुलनामा यो बर्ष मुस्ताङमा करिव २५ प्रतिशतले स्याउको उत्पादन बढ्ने स्याउ किसानले बताएका छन । समयमै हिमपात हुनुका साथै अनुकुल मौसम भएकाले स्याउ उत्पादन बढ्ने संकेत देखापरेको टुकुचेका अग्रणी कृषक इन्द्र बहादुर तुलाचनले बताए ।
समयमै प्रयाप्त मात्रामा हिमपात भएको, हिमपातका कारण स्याउका बोटहरुमा किरा नलागेको र हावाहुरी तुसारोले फुललाई असर नपु¥याएको कारण कृषकहरुले स्याउको उत्पादन बढ्ने सकेत देखेका हुन ।

स्याउ उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालय मुस्ताङले स्याउउत्पादन हुने क्षेत्रका किसानलाई बगैचा काटछाट, औषधी प्रयोग, सिचाई ब्यबस्थापन सम्वन्धि आवश्यक तालिम उपलब्ध गराएको थियो । कार्यालयका अनुसार मुस्ताङका कोवाङ, टुकुचे, मार्फाजोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ र छुसाङ गाविसमा राम्रो स्याउ उत्पादन हुने गरेको छ । ४सय ५३ हेक्टर क्षेत्रफलमा ं१लाख ३५ हजार ९ सय स्याउका बोट रहेकोमा २ सय ७० हेक्टर क्षेत्रफलका ८१ हजार बोटहरुले उत्पादन दिइरहेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिनु भयो ।
जिल्लाका विभिन्न गाविसमा रहेका स्याउबारीमा कुनैपनि रोग नलागेकाले उत्पादन बृद्धि हुने कृषकहरुको सकेत प्रति जिल्ला कृषि विकास कार्यालय मुस्ताङले समेत उत्पादन बढ्न सक्ने  जिल्ला कृषि विकास कार्यालय मुस्ताङका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सीनाले बताउनुभयो ।
गत बर्ष मुस्ताङबाट करिव १८ करोड बराबरको स्याउ निर्यात भएको  भएपनि अहिलो सो परिमाणमा बृद्धि हुने अनुमान कार्यालयको रहेको छ ।

No comments:

Post a Comment