made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
मुस्ताङमा पेशाकर्मीको भेला सम्पन्न
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ३० बैशाख
हिमाली जिल्ला मुस्ताङमा कार्यरत नेपाल राष्टिय कर्मचारी महासघको जिल्ला भेला शुक्रवार सम्पन्न भएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी सघ मुस्ताङको नया कार्य समिती समेत चयन गदै भेला सम्पन्न भएको हो ।
नेपाल राष्टिय कर्मचारी महासघका केन्द्रिय सचिवालय सदस्य, स्थानिय निकाय कर्मचारी महासधका केन्द्रिय अध्यक्ष एव तमुवान सयोंजक शुशिल पौडेलको प्रमुख आतित्थ्यता र एकीकृत नेपाल कम्युनिष्ट पार्टी मुस्ताङकी सेक्रेटरी गायत्री दुरा कुसुमको बिषेश आतिथ्यतामा भेला सम्पन्न भएको हो । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी सघका केन्द्रिय सचिवालय सदस्य एव तमुवान सयोंजक तिर्थ लुइटेलको समेत आतिथ्यतामा सम्पन्न भेलाले झलक कुवरको अध्यक्षतामा १५ सदस्यिय नेपाल राष्टिय कर्मचारी महासघ जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्ष ३ जनामा तुल्सी भट्ट, रमाकान्त सापकोटा र राजेन्द्र प्रसाद बराल रहनु भएको छ भने मेघराज ज्ञावाली सचिब, खड्क सुब्वा सह सचिब, सरिता श्रेष्ठ कोषध्यक्ष, राम चन्द्र सुबेदी, हरिथापा, मधु बराल, धनबिर खड्का, डासी राम रेग्मी, नरेन्द्र भण्डारी सदस्य रहेका छन । २ सदस्य पछि थप गरिने नव निवाचित अध्यक्ष झलक कुवरले जानकारी दिए ।
यसै गरि तुल्सी भट्टको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी सघ मुस्ताङ चयन समेत अबिधेशनले गरेको छ । उपाध्यक्षमा पदम सापकोटा, सचिबमा रामनारायण मण्डल, कोषध्यक्षमा ज्ञानु सेन्चुरी रहनु भएको छ । २ सदस्य पछि थप गर्ने गरि सदस्यमा राम प्रसाद ओझा, पदम भण्डारी, बिष्णु छेत्री, तुल बहादुर रतिजा, तारा सुबेदी, टेकनाथ अर्याल, स्वरुपा श्रेष्ठ रहेको नव उपाध्यक्ष पदम सापकोटाले बताए ।
बर्तमान अवश्था र पेशाकर्मीको भुमिका बिषयक छलफल कार्यक्रम समेत शुक्रवारनै सम्पन्न भएको छ । नेपाल राष्टिय कर्मचारी महासघ र अखिल नेपाल जनस्वास्थ्यकर्मी सघ मुस्ताङको सम्युक्त आयोजनामा सम्पन्न भेलामा प्रमुख अतिथी पौडेलले जागीर सग जिबन सटन बाध्य दुर्गमका कर्मचारीलाई राज्यले सम्मान गर्न नसकेको बताउदै कर्मचारी प्रशाशन भित्र रहेको ठेकेदारी प्रथा निमुल पार्ने उदघोष गर्नु भयो । हामी बदल्न सक्छौ तर आपको गण्डक दिया, आपको महाकाली दिया, आपको कर्णाली दिया कुर्ची भत्कानेका बात मत करो भन्नेहरुका कारण समस्या उत्पन्न भएको बताए । भारत र उसका मतियारहरुको लहै लहैमा लागेर नेपालका राजनितिक दलहरु बिग्रीएको उनको भनाई थियो । भारतिय कर्मचारी तन्त्रमा यति बर्षमा यो ठाउमा आफ्नो कार्यकाल हुने पुर्व जानकारीको सहना गदै कर्मचारीको नाममा काठमाण्डौमा महल बनाउनेहरुका कारण कर्मचारीलाई राज्यले बिभेद गरेको बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment