made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
भुपीको जन्मथलोमा साहित्कारलाई सम्मान एव चित्रकला प्रर्दशन
चन्द्रश्वर बस्ताकोटी
साहित्यकार भुपी शेरचनको जन्मथलो मुस्ताङमा सोमवार धौलागिरीका साहित्कारहरुको जमघट भएको छ । ऋतुरङ फाउण्डेसन नेपाल र नवगठित हिमभञ्याङ साहित्य संगम मुस्ताङको आयोजनामा साहित्यकारहरुको सम्मानमा बिषेश कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्लाबिकास समिति मुस्ताङ परिसरमा शान्ति र सबिधानका बिषयमा धौलागिरी भरका बिद्यार्थीहरुले तयार पारेका चित्रकलाहरुको समेत प्रर्दशनी गरिएको थियो । सहित्यकार प्रेम छोटाको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी योगेन्द्र राज पाण्डेको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
ललितकला मञ्चका गणेश जिसीले कलाको माध्यमबाट चेतना फैलाउन एव शान्ति र सबिधानका लागि दवाब दिन धौलागिरीभरका बिद्याथीको चित्रकला प्रर्दशनी गरिएको बताए ।
हिमभञ्याङ साहित्य संगम मुस्ताङका सयोजक हिरामणी हिमालीको अध्यक्षतामा भएको कार्यक्रममा शिवानि ल्वागनले स्वागत एव बिश्वास खडकाथोकीले कार्यक्रमको कार्यक्रमको सचालन गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment