मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 24, 2011

गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई लखेट्ने

जनस्वयम सेवक परिचालन ब्युरोको मुस्ताङमा मार्चपास,

गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई लखेट्ने
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ ८, जेठ ।

हिमाली जिल्ला मुस्ताङमा जनस्वयम सेवक परिचालन पश्चिम तमुवान सयन्त्रले उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जनस्वयम सेवक मार्चपास गरेको छ ।
कागबेनीको आन्तरिक पर्यटक र स्थानिय बासिन्दाको बिषेश चहल पहल हुने क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जन स्वयंसेबक लेखिएको होर्डीङबोर्ड राखेको छ । उक्त क्षेत्रमा करिब ५० जना जनस्वंयम सेबकहरुले रातो पहिरनमा गाउगाउको परिक्रमा गरेका थिए ।जनताको पिरमर्का र आवश्यकता बुभm्दै शान्ति र सबिधानका लागि पनि जनस्वयसेवकले कार्यक्रम अगाडी ल्याएको जनस्वयम सेवक परिचालन ब्युरोका तमुवान सदस्य निरु थापाले बताउनु भयो । थापाको नेतृत्वमा परिचालित जनस्वयम सेवक मार्चपास ढाकार्जुङ, पाङलिङ, फल्याक, एक्लेभट्टी हुदै कागबेनीगाउको परिक्रमा गरेको थियो । जनताको सुरक्षा र राष्ट्रको रक्षाकोलागि जोड दिदै सोमवार मुस्ताङ आउने भएका भारतिय राजदुत राकेश सुदलाई मुस्ताङको भुमि र जनता प्रयोग गरेर छिमेकी राष्ट्रचिनको बिरुद्ध कार्य नगर्न आग्रह गनुभयो । यदि यस्तो भए राजदुतलाई कालो झण्डा, जुत्तामात्र हैन मुक्का हान्न समेत जनस्वयम सेवक पछाडी नहट्ने बताउनु भयो । गाउ गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई मुस्ताङबाट लखेट्ने उहाको भनाई थियो ।मुस्ताङमा बिकास निमार्णको निहु बनाउदै राजदुत सुद तिन तिन महिनामा आउने र जनतालाई दिग्भ्रमीत पार्दै आएका छन । भारतिय दुताबासले पछिल्लो समय मुस्ताङमा करिब २४ करोड रुपैया लगानी गरिसकेको छ । सोही सिलसिलामा राजदुत सुद ९ गते मुस्ताङ आउन लागेका हुन ।

No comments:

Post a Comment