मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 24, 2011

मुस्ताङका गाउगाउ गै फोटो सहितको मतदाता नामाबली सकंलन गर्नेकार्य सम्पन्न


चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ७ जेष्ठ
जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले जिल्लाका १६ ओटै गाविसमा गई फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य सम्पन्न गरेको छ । जिल्लाका सबै गाउगाउ पुगी फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुक्रवार बेलुकी सम्पन्न गरिएको हो ।
३ चरण गरि ५ हजार १ सय ३१ मतदाताको तस्विर र औठाछाप सहितको नामावली दर्ता गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानबहादुर बानियाले बताउनुभयो । जसमा पुरुष २ हजार ३ सय ४७ जना, महिला २ हजार ७ सय ८३ जना र तेश्रो लिगिं १ जना रहेको बताइएको छ । गाबिसहरुका मतदाताहरुको जिल्लागत रुपमा मुस्ताङले नै पहिलो पटक सबै गाउगाउ पुगी फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न गरेको दावी कार्यालय प्रमुख बानियाले गर्नुभयो । महानगर, उपमहानगर र नगरपालीकाहरुको फोटो सहितको मतदाता नामावलि सकलन कार्य धेरै पहिले शुरु भएकाले काठमाण्डौ र पोखराले यस भन्दा अगाडीनै सम्पन्न गरेको जानकारी हुन आएको छ । मुस्ताङका गाबिसहरुको फोटो सहितको मतदाता नामावलि सकलन कार्य चैत्र २२ गतेबाट शुरु भएको थियो ।
जोमसोम गाबिसमा ४ सय २६, मार्फा गाबिसमा ३ सय ९७, कागबेनीमा ४ सय ८८, छुसाङमा २ सय ४०, घमीमा ३ सय ४५, चराङमा ३ सय १०, लोमान्थाङमा २ सय ७५ तेस्रो लिगिं १ समेत, छोण्हुपमा ४ सय ७५ जनाको नामावली दर्ता भएको छ ।
यसैगरी छोसेरमा ३ सय ७८, सुर्खाङमा २ सय १४, मुक्तिनाथमा २ सय ९६, झोङमा १ सय ६२,  कुञ्जोमा ३ सय २१, लेतेमा ३ सय ४, कोवाङमा २ सय ५५  र टुकुचे गाबिसमा २ सय ४५ जनाको फोटो खिचेर मतदाताको नामावलि दर्ता गरिएको हो ।
दर्ता केन्द्रमा नामावली दर्ता कार्य सकिए पनि कार्यालयमै आएर दर्ता गराउन सकिने ब्यबस्था समेत गरिएको छ । करिव ५० जनाले कार्यालयमा आएर नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रुद्र न्यौपालेले बताउनुभयो । १८ वर्ष उमेर पुगेकाको फोटो सहितको मतदाता नामावलीको आधारमा सर्वसाधारणले आगामी निर्वाचन देखि मतदान गर्न पाउनेछन् भने १६ वर्ष माथिकाको विवरण राष्ट्रिय परिचयपत्र बनाउन प्रयोग हुने जनाईएको छ ।

No comments:

Post a Comment