made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
उपाध्यक्षमा ताङवे र बिक मनोनित, खादा र अबिर लगाई स्वागत
आदीवासी जनजाति जिल्ला समन्वय समिति मुस्ताङको उपाध्यक्षमा उत्तम ताङवे गुरुङ मनोनित भएपछि जिल्ला बिकास समिति मुस्ताङमा शुक्रवार स्थानिय बासीन्दा र कर्मचारीहरुले खादा लगाई स्वागत गरेका छन । उक्त अवसरमा ताङवेले हाल सम्म मुस्ताङमा आदीवासी जनजाती सम्वन्धि कुनै कार्य नभएको भन्दै आफ्नो कार्यकालमा ठोसकाम गरेर देखाउने दावी गरे । आदीवासी जनजाती एव दलितको उत्थान तथा बिकासको कार्यगर्न मुस्ताङका लागि ताङवेलाई र रत्ने बिकलाई नेपाल सरकारले जिल्ला उपाध्यक्षमा मनोनयन गरेको हो ।
जनजाती जिल्ला समन्वय समिति मुस्ताङको उपाध्यक्षमा ताङवे र दलित उत्थान जिल्ला समन्वय समितिमा बिक मनोनयन भएका हुन । दुवै समितिको अध्यक्ष स्थानिय बिकास अधिकारी हुने प्रावधान रहेको छ ।आफ्नो कार्यकाल सफल बनाउन मुस्ताङ भरका जनजातीहरुलाई समान ब्यबहार गदै कार्य अगाडी बढाउने ताङवेले बताए । जनजातीका हक, अधिकारका बारेमा मुस्ताङका जनजातीहरुमा खासै जानकारी नभएकाले सर्वप्रथम मुस्ताङका जनजातीहरुमा चेतना बृद्धि गर्न आफुलागि पर्ने ताङवेको भनाई छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment