made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
शान्तिका लागि राजकुमार रसाइलीको पैदल यात्रा
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ १९, जेठ
मुस्ताङको मार्फा गाविसका राजकुमार रसाइलीले देशमा दिर्धकालिन शान्तिको कामना गदै हाल सम्म नेपालका १७ जिल्लामा पैदलै शान्ति यात्रा सम्पन्न गरेका छन् । पैदलयात्राका क्रममा शान्तिप्रमी गतिविधिमा संलग्न हुने, शान्ति स्थापनाका लागि जनदवाव सृजना गर्ने लगायतका गतिविधि गर्ने गरेको रसाइलीले बताए ।
पदयात्राकै क्रममा उनले विद्यालयमा शान्ति गोष्ठी, औषधी वितरण समेत गर्ने गरेका छन्् । गत बर्ष देखि सुरु भएको अभियान ७५ जिल्लामै पैदल भ्रमण गर्ने योजना रहेको समेत रसाइलीले बताए । अभियानलाई सघाउन जिल्लाका विभिन्न संघसंस्थाले समेत सहयोग गर्ने गरेकाले पनि शान्तिको यो अभियान सफल हुनेमा रसाइली आशाबादी देखिएका छन् । रसाइलीले कुनैपनि साधानको प्रयोग नगरी नै गन्तब्यमा पुग्ने गरेका छन् ।
यात्राका क्रममा केही समस्या भएपनि शान्ति स्थापनाका लागि आफ्नो अभियान भएकाले त्यस्ता समस्यालाई पन्छाउदै जाने समेत रसाइलीले बताउनुभयो । यो अभियानमा सहभागि हुन सम्पुर्ण देशबासीलाई समेत उनले आग्रह गरेका छन् । मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहु, लमजुङ, चितवन, धाधिङ, काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका १७ जिल्लाका गाउगाउ पैदल यात्रा सम्पन्न गरि सकेर जन्म घर आएका रसाइलीले ५ बर्ष भित्र नेपालका सबै जिल्ला र अधिकास गाउ पैदल हिडेर शान्तिको कामना गर्ने बताए ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment