मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, June 10, 2011

अखिल क्रान्तिकारीको चौथौ मुस्ताङ जिल्ला सम्मेलन सम्पन्न, बिक अध्यक्षमा पुन चयन

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २७, जेष्ठ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीको चौथो मुस्ताङ जिल्ला सम्मेलन सुक्रवार जोमसोममा सम्पन्न भएको छ ।

सम्मेलनले बिशाल बिक अध्यक्ष रहेको १३ सदस्यिय जिल्ला कार्य समिति    सर्बसहमती चयन गर्दै सम्पन्न भएको हो । उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्ष क्रमश  शिवानि ल्वागन, किसान बिक, बिरेन्द्र ओली, एलिना पुन
रहेका छन भने सदस्यहरुमा यमबहादुर तमु, सृष्टी गौचन, प्रिया थकाली, सोनम सम्टु गुरुङ, अरुणा बिक, सफल गौचन, रुपा लामिछाने र लक्ष्मि परियार रहेका छन ।

गत १६ गते देखि शुरु भएको स्कुल जाउ अभियान अन्र्तगत सम्पुर्ण स्कुलहरुमा कमिटी गठन, सदस्यता बितरण गर्दै शुक्रवार सम्मेलन सम्पन्न भएको हो ।

बैज्ञानिक तथा जनबादी शिक्षा प्राप्तिको हाम्रो अभिष्ट पुरा नहुदा सम्म सम्पुर्ण बिद्यार्थीहरुको सर्घष जारी रहने र त्यसका निम्ति अखिल क्रान्तिकारीमा गोल बन्ध हुनस पर्ने सम्मेलनकी प्रमुख आतिथी अखिल क्रान्तिकारीकी केन्द्रिय सचिब तथा तमुवान राज्य संयोजक तेज कुमारी पौडेलले बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी एनेकपा माओवादी मुस्ताङका इन्चार्ज कृष्ण प्रसाद पराजुली परिवर्तन, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पुरन केसी, नेपाल राष्टिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य धिरेन्द्र बिक, ट्रेड युनियन महासघ मुस्ताङका  जिल्ला संयोजक बिनोद आचार्य लगायतले सम्मेलन सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो ।

बिशाल बिकको अध्यक्षतामा भएको कार्यक्रममा बिरेन्द्र ओलीले स्वागत गर्नु भएको थियो भने शिवानि ल्वागनले कार्यक्रम सचालन गर्नु भएको थियो ।



No comments:

Post a Comment