made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
स्कुल जाउ अभियानमा अखिल क्रान्तिकारी
शिवानि ल्वागन मुस्ताङ, २२ जेष्ठ
बिद्यालय नगएका वालवालिकालाई बिद्यालय ल्याउन अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले मुस्ताङमा स्कुल जाउ अभियान सचालन गरेको छ ।सम्पुर्ण जनताका छोरा छोरीले समान शिक्षा पाउनु पर्ने र त्यसको दायीत्व राज्यले लिनु पर्ने उदधोष गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पुरन केसीको नेतृत्वमा अभियान सचालित भएको छ । अभियानका क्रममा बैज्ञानिक तथा जनवादी शिक्षा प्राप्तिका लागि अखिल क्रान्तिकारीले खेलेको भुमिकाको बिषयमा प्रशिक्षण दिइएको अखिल क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिकले जानकारी दिनु भयो । उमेर पुगेर पनि बिद्यालय नगएका बिद्यार्थीलाई स्कुल जाउ अभियानमा अखिल क्रान्तिकारीले तिब्रता दिदै राज्यको पुनसंरचना सगै शैक्षिक पुनसंरचना हुनपर्ने अभियानका क्रममा बताइएको थियो ।गत जेष्ठ १६ गते देखि बिद्यालय जाने उमेरका बालवालिकालाई बिद्यालय आउन पे्रेरित गर्ने खालका कार्यक्रम, शिक्षक बिद्यार्थी अन्र्तक्रीया, सगठन निमार्ण लगायतका कार्यक्रम गदै अभियान थलिएको हो ।अभियानका क्रममा करिव ३ सय ९० जनालाई क्रान्तीकारीको सदस्यता मुस्ताङमा बितरण गरिएको जानकारी दिनु भयो । क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिक, सचिब शिवानि ल्वागन, पृथ्वी नारायण बहुमुखी क्याम्पसका सचिव शकर गिरी, सहसचिब प्रबिणा अधिकारी, कोषाध्याक्ष नारायण गिरी लगायत अभियानमा सहभागि रहेका छन ।अभियानका क्रममा जनता निमाबि घासामा निरज छन्त्यालको अध्यक्षतामा १५ सदस्यिय, धौलागिरि प्राबिधिक शिक्षालय लेतेमा बिरेन्द्र ओलीको अध्यक्षतामा १३ सदस्यिय, जनआदश माबि कोवाङमा एलिना पुन मगरकोे अध्यक्षतामा ३३ सदस्यिय र योगेन्द्र उच्चमाबि टुकुचेमा किसान बिकको अध्याक्षतामा ४५ सदस्यिय, जनशान्तिमाबि कागबेनीमा सोनम सम्टुक गुरुङको अध्यक्षतामा ४० सदस्यिय कार्यसमिति बनाइएको अखिल क्रान्तीकारी जिल्लाकार्यसमितिकी सचिब सिवानि ल्वागनले जानकारी दिनु भयो ।टोलीले मार्फा, जोमसोम र छोसेरका बिद्यालयमा स्कुल जाउ अभियानका साथ जाने तयारी क्रमीक रुपमा अगाडी बढाई रहेको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment