made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, June 9, 2011
बिबिध कार्यक्रमका साथ मुस्ताङमा वातावरण दिवस
चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, २२ जेष्ठ
बन प्रकृतिको उपहार, जीवनको आधार भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरि ३८ औ विश्व वातावरण दिवस मुस्ताङमा मनाइएको छ ।मुस्ताङको सदरमुकाम जोमसोम, उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मूस्ताङको कोवाङ गाविसमा आयोजना गरिएका छुट्टाछुटै कार्यक्रममा जलबायु परिर्वतनले वातावरणका क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष नकारात्मक एव सकारात्मक असर पारेको भन्दै न्युनिकरण र अनुकुलनमा चासो देखाउनुपर्नेमा जोड दिइएको थियो ।सदरमुकाम जोमसोमको जनहित उच्चमाबिमा एक कार्यक्रमको आयोजना गरि स्थानिय बासिन्दा, बिद्याथी, कर्मचारीहरुले वातावरण दिवस मनाएका छन । प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी योगेन्द्र राज पाण्डेले बातावरणसग हाम्रा हरेक कुरा जोडीएकाले बाताबरण स्वच्छ राख्न सबैको समान दायीत्व रहेको बताउदै बाताबरण बिगार्ने औद्योगिक राष्टहरुको प्रमुख भुमीकाले गर्दा जलवायु परिवर्तन भै हिमाली क्षेत्रमा नकारात्मक असर प¥याएको बताउनु ुभयो । बाताबरण सम्वन्धि कविता, निबन्ध प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार समेत बितरण गरिएको कार्यक्रमको आयोजना जिबिस, जिल्ला कृषी बिकास कार्यालय, जिल्ला भु संरक्षण कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका कायालय जोमसोम, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यक्रम संयोजन जिल्ला भु संरक्षण कार्यालय र संचालन जनहित उच्च माबिले गरेका थिए ।उपल्लो मुस्ताङको लोमन्थाङमा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङको आयोजनामा बिश्व बातावरण दिवस मनाइएको छ । यसै गरि वातावरण दिवसको अवसरमा कोवाङ क्षेत्र विकास मञ्चले जनआर्दश मावि कोवाङमा आयोजना गरेको कार्यक्रममा तल्लो मुस्ताङको प्राकृतिक सम्पदा, कृषि, पर्यटनमा नकारात्मक असर परेकाले सरकारले राहतमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको थियो । मञ्चका अध्यक्ष बुद्धि रत्न शेरचनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी ९६ बर्षिय बृद्ध पुर्ण बहादुर शेरचनले कालीगण्डकीले खेतियोग्य जमिन कटान गरि बगरमा परिणत गरेकोले कालीगण्डकीलाई ब्यबस्थित गरि बगरमा स्याउ र ओखरका बिरुवा लगाउन सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।रुख रोपौ, वातावरण सफा राखौ भन्ने नाराका साथ प्ले कार्ड सहित कोवाङ, लार्जुङ खन्ति स्थानिय बासिन्दा बिद्यार्थी जनशान्ति माबि कोवाङको सभाहलमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रम कोवाङ गाविस सचिव लालप्रसाद लामिछाने, जनआर्दश मावि कोवाङका प्रधानाध्यापक टिकाराम शर्मा, लगायतले वातावारणको क्षेत्रमा देखिएका सकारात्मक र नकारात्मक असरका बारेमा बोलेका थिए ।उक्त अवसरमा प्रावि, निमावी, मावी स्तरिय कार्यक्रमको समेत आयोजना गरिएको थियो भने कबिन भट्टचन, धर्मगुरु हिमालध्वज तुलाचन र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षणकार्यालय जोमसोमका प्रमुख सन्तोष शेरचनलाई सम्मान गरिएको थियो । ५० धुपीको बृक्षारोपण समेत गरिएको कार्यक्रम गर्न वाताबरण मन्त्रालयबाट ४० हजार रुपैया कोवाङ क्षेत्र विकास मञ्चलाई प्राप्त भएको कोवाङ गाबिस सचिब लामिछानेले जानकारी दिनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment