made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
अञ्जु पन्त र मनोजराज अलग हुने बाटोमा
म एकदमै टेन्सनमा छु, एकपटक आउन मिल्छ,' -गायिका अञ्जु पन्तले एकाबिहानै मोबाइलमार्फत आग्रह गरिन् । उनको स्वरमा तनाव झल्कन्थ्यो । त्यसको केही समयपछि मनोजराजले पनि फोन गरे र सोधे, 'कतिबेला आउने हो ?' उनीहरू केही कुरा स्पष्ट गर्न हतारिरहेको प्रस्ट थियो । बिहानको साढे आठ बजे उनीहरूको निवास खोज्दै धुम्बाराही पुगियो । घरभित्र कुनै ठूलो घटनापछिको चकमन्नता थियो । भेटघाट हुँदा मुस्कुराइरहने मनोजको मुहारमा तनावको भाव थियो । अञ्जुका आँखा रसाएका थिए भने उनले आफ्नो मुख र नाक मास्कले छोपेकी थिइन् । मनोजकी आमाको अनुहारमा पनि चिन्ता देखिन्थ्यो । मनोज र अञ्जुकी एकमात्र नौ वषर्ीया छोरी परितोषिका विद्यालय जाने तयारीमा थिइन्, उनको मुहारमा पनि असमञ्जसताको भाव थियो ।
अनुमान लगाउन गाह्रो भएन— अघिल्लो रात मनोज र अञ्जुबीच नराम्रो विवाद भयो । 'गाह्रो भयो, मेरो कारणले अप्ठेरो हुन थाल्यो घरमा,' -अञ्जुले कुरा आरम्भ गरिन् । कोकिलकण्ठी गायिकाको स्वर त्यतिबेला भासिएजस्तो थियो । उनको कुरा पूरा हुँदा-नहुँदै मनोजले पनि गला अवरुद्ध भएको आवाजमा भने- 'हामीबीच अन्डरस्ट्यान्डिङ नै भएन ।' यो घटना फागुन २७ गते शुक्रबार बिहानको हो ।
साप्ताहिक कान्तिपुरबाट साभार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment