मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Saturday, July 29, 2017

चिच्चाएर सुचना प्रवाह

चन्द्रश्वर बस्ताकोटी
इन्टरनेटको जमाना बिश्व गतिबधि हातहातवाटै थाह पाउन केही समस्या छैन । रेडीयो, टेलीभीजन, पत्रपत्रीका, सामाजीक संजाल, वेभसाइड, मोवाईल, टेलीफोन, ईमेल, ईन्टरनेट जस्ता आधुनीक प्रबिधिको विकास भएपनि हिमाली जिल्ला मुस्ताङका बस्ती बस्तीमा भने सूचना प्र्रवाहका लागि अझै पनि चिच्याएर स्थानिय सुचना प्रवाह गरिन्छ ।
Photo from google

मुखिया प्रथासग जोडीएको कटुवालप्रथाका कटुवालले बाटोबाटोमा चिच्याउदै स्थानियलाई सुचना प्रवाह गर्ने गर्दछन । मुस्ताङको अधिकांश बस्तीमा सामाजिक काम, भेला, बैठक र निर्णय सार्वजनीक गर्न कटुवालको प्रयोग हुने गरेको छ । पत्रपत्रीका, एफएम रेडियो, टेलीभिजनको बिस्तारसंगै हातहातमा मोवाईल र ईमेल ईन्टरनेटको सुबिधा भएपनि गाउँलेको लागि कटुवालहरुबाट नै गाउका गतीबीधि आधीकारीक सूचनाका रुपमा प्राप्त गर्ने भरपर्दो स्रोत हुन् ।

मुस्ताङको ९१ मध्ये ९० बस्तीमा अझैपनि मुखिया र कटुवाल प्रथा कायम छ । कुनै सभा, सम्मेलन, बैठक, कार्यक्रम, भेला र स्थानीय स्तरको निर्णय कटुवालले मुखीयाको आदेशमा सबैले सुन्ने गरि चिच्चाएर स्थानीयवासीलाई जानकारी गराउने गर्छन् ।

स्थानीयबासीले कटुवालले धोक हालेर सुनाएको जानकारीका आधारमा मुखयिाको आधकिारीक सुचना प्राप्त गर्छन् । एउटा बस्तीमा एक जनालाई वार्षिक अथवा सिजन अनुसारको अन्न ज्याला वा नगद वापत दिने गरेर कटुवाल चयन गर्ने चलन छ । कतपियले कटुवाल आफु नवसी अरुलाइ रकम दिएर राख्ने समेत गर्दछन ।  मुस्ताङको कुञ्जो देउराली बाहेक सबै बस्तीमा एक जना भन्दा बढी कटुवाल छन् । उपल्लो र तल्लो मुस्ताङले परिचित ९१ वटा बस्ती रहेको मुस्ताङमा सरकारी मान्यता नपाए पनि हालसम्म पनि मुखिया प्रथा कायमै छ । मुखियालाई स्थानिय स्तरमा सामाजिक कार्यलाई गति दिन, सहज ढंगले अगाडि बढाउने अगुवा प्रतिनिधिका रुपमा लिइन्छ । गाउ घरका हरेक समस्या मुखियाकै अगुवाइमा समाधान  गरिन्छ । मुखियाबाट समाधान हुन नसकेका बिषयलाई सम्पुर्ण गाउलेको बैठकमा छलफल गराउदै समाधान निकालिन्छ । यहि मुखीयाप्रथामा टोलटोलमा कटुवाल रहन्छन र कटुवाल कुनै व्यक्ति अनुपस्थित रहेमा मुखीयाले भने बम्मोजीम नगरे छेवा (जरिवाना) लगाउने गर्दछ । मुखियाले निर्देशन गरेको हरेक काम जनसमक्ष पु¥याउने काम कटुवालको हो । गाँउमा कुलो, बाटो बनाउने, सरसफाई अभियान, सिंचाईको पालो मिलाउने, स्थानीय कोष स्थापना गर्ने, झै  झगडा मिलाउने, स्थानिय मुद्दाको अन्तिम निणर्य गर्ने, बिपत पर्दा आर्थिक सहयोग उपलव्ध गराउने, सरकारले उपलव्ध गराएको नुन चामल बाड्ने, हरेक खेतीको समयसिमा तोक्ने, कसैले सहयोग माग्न आएमा गाउलेलाई आव्हान गरिदिने जस्ता दैनिक काम मुखियाको कार्यक्षेत्र अन्तर्गत कटुवालले गर्दछन ।

घिलिङका साहित्यकार निमा ठिन्लेका अनुसार ‘‘पुर्व मुस्ताङे राजा जिग्मे परबल बिष्टको सन्तान अभिपाल तिव्वत यारलुङ नामक मुखियाका सन्तान भएको विभिन्न लेखहरुबाट प्रष्ट पारिएको हुदा तिव्वत हुदै मुस्ताङमा मुखिया प्रथाले व्यापकता पाएको र हाल सम्म यथावत रहेको प्रष्ट हन्छ, यसैलाइ र्कायान्वयन गराउने कटुवाल हुन  ।” कतिले त पूर्ब राजा तिव्वतका मिलारेप्पा लामाका सन्तान पनि भन्ने गरेको ठिन्लेले बताए ।  मुखिया भैसके पछि दैनिक जसो औपचारिक बैठक, छलफल, गाउलेहरुसंग गरिरहनु, गाँउमा के भैरहेको छ, कसको खेतीबाली नोक्सानी भयो, कसको चौपायाले निषेधित क्षेत्रमा नोक्सान पु¥याए, कुलोबाट आउने पानी कसको खेतमा पुग्यो आदि काम कटुवालले मुखियालाई जानकारी गराउदछन । मुखियाको निर्देशन अनुरुप सबै कार्य कटुवालले गर्दछ । मुखिया र कटुवालको तर्फबाट गल्ती भएमा सामान्य नागरिक भन्दा दोव्वर छेपा (जरिवाना ) तिर्नु पर्ने बताइन्छ । मुखिया बाहेक आर्थिक कारोवार गर्ने नेर्पा र सहयोगी म्हिचेन समेत रहने गर्दछन । गाँउ अनुसार मुखिया र कटुवालको संख्या राखिने गर्दछ । कटुवाललाई गाँउ अनुसार छेपा, घुण्डोल, धोरोप्पा, पपन, छिमे, लोतोक आदि भन्ने गरिन्छ । सामान्यतया एक दुई बर्षमा मुखिया लगायतको टोली सहित कटुवाल पनि फेरिन्छ । गाउको सदस्य कुनै बेला मुखीया त कुनै बेला कटुवाल हुनु र्पदछ । सबैको पालो पुगेपछि भने पुनः क्रमैसँग मुखिया र कटुवाल बन्नै पर्ने हुन्छ । चिठ्ठा परेको व्यक्ति घरमा नभएमा घरका अरुले नै उसको कार्यभार सम्हाल्नुपर्ने हुन्छ ।

टुकचे भन्दा तल थाक सात सयका केहि स्थानमा वंशाणुगत मुखिया राख्ने प्रचलन पनि रहेको छ।यस क्ष्ोत्रका चन थकालीहरु मध्ये आफुले चाहेको मुखिया फेर्ने अधिकार भने जनतामा निहित रहेको स्थानियबासी बताउछन । थाक सातसय क्षेत्रमा तेह्र मुखिया रहेका छन । तर कटुवाल गाउमा मात्र समित रहन्छन ।

Friday, July 28, 2017

कुलमानको चेतावनी, चिनियाँ कम्पनीले २ महिनामा सबै निर्माण सम्पन्न गरने


 कुलमानको चेनावनीपछि चिनियाँ कम्पनीले थाल्यो ढल्केबरमा काम


काठमाडौं, १३ साउन । एक हप्ता अघिदेखि रोकिएको धनुषाको ढल्केबरमा २ सय २० केभीको सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले शुक्रबारदेखि पुनः सुुरु गरेको छ ।
दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।

केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको बताइएको छ ।

स्रोतका अनुसार कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर, प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो । स्रोतले भन्यो, ‘प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको हो ।’

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

अहिले प्राधिकरणले २२०/१३२ केभीको ट्रान्सफर्मर भाडामा लिएर भारतको मुजफ्फरपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । बिद्युत आयात गर्नका लागि प्राधिकरणले मुजफ्फरपुरमा १ सय एमभीएका दुईवटा ट्रान्समिटर राखेको छ ।

ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्नु पर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइनमा २ सय २० केभीमा चार्ज गर्नका लागि अहिले तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार अहिले यो प्रसारण लाइनबाट १ सय मेगावाट बिद्युत आयात भइरहेको छ । केहि समय अघिसम्म यही प्रसारण लाइनबाट १ सय ६० मेगावाटसम्म आयात भएको थियो ।

आउँदो हिउँदमा यो प्रसारण लाइनबाट करिब २ सय मेगावाटसम्म आयात गर्ने प्राधिकरणको लक्ष्य छ ।

बबाल बल्थलीः मनसुनमा झन मनमोहक (फोटो फिचर)





काठमाडौं । वर्षा भइरहने साउन महिनामा घुमघामको योजना कमैेले बनाउँछन् । तर खाने मुखलाई जुँगाले छेक्दैन । घुम्न सौखिनहरुलाई मौसमले रोक्दैन ।
टाढा जानुपर्दैन, मनसुन सिजनको रोमाञ्चक अनुभव लुट्न काभ्रेको बल्थली काफी छ । मुसलधारे झरिमा बल्थली डाँडामा रहेको रिसोर्टमा वादलको घुम्टो ओढेर कफी सुरुप्प पार्दै बस्नुको मजा अरु के मा छ ?
काठमाडौंको धुलो-धुवाँ र कोलाहलबाट भाग्नका लागि एउटा राम्रो बाहाना हुन सक्छ बल्थली । झरी खुलेपछिको निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट देखिने चित्ताकर्षक दृश्य हुन् ।
काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न पनौतीसम्म सफा खुल्ला सडक छन् । खोपासीबाट बल्थली जान स्थानीय रिसोर्टहरुले फोरहृवील गाडीको सुविधा दिन्छन् ।

हाइकिङ पारखीहरु नमोबुद्धमा ब्रेकफास्ट गरेर भीरपाखा छिचोल्दै बल्थली पुग्न सक्छन् । काठमाडौं-खोपासी रुटले स्थानीय गाउँले रहनसहन भेषभूषा र संस्कृति चिनाउँछ ।
बल्थलीको बसाई महँगो छैन । बजेट होटलको रुपमा होमस्टे पाइन्छन् ।




















 २०७४ साउन ५ गते १५:०० मा प्रकाशित (२०७४ साउन ७ गते १३:१०मा अद्यावधिक गरिएको)
copied from onlinekhabar


Thursday, July 14, 2011

आय आजर्नको बाटो देखाउदै स्वरोजगारका लागि सिप सिकाउन थालियो

चन्द्रश्वर बस्ताकोटी
 असार ३० मुस्ताङ। मुस्ताङको बिकासका लागि स्थानिय बासीन्दालाई सिप सिकाउने कार्य मुस्ताङमा थालिएको छ । कालिगण्डकी करिडोर अन्र्तगत कागबेनी झैते सडक क्षेत्रका प्रभाबित स्थानीय युवाहरुलाई ड्राइभिङ र महिलाहरुलाई सिलाइकटाई तालिम मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ)ले थालेको हो ।

सडक निमार्णकार्य सगै प्रभाबित क्षेत्रका बासीन्दाको गरिबी न्युनीकरण गरि आयआर्जनको बाटो देखाउन सिपमुलक तालीमहरु शुरु गरिएको आयोजनाका प्रमुख इन्जिनियर प्रदिप बहादुर सिह यादबले बताउनु भयो । कागबेनी, छुसाङ, घमी एव प्रभाबित क्षेत्रका १० युवालाई म्याग्दी जिल्लाको बेनी बजार स्थित न्यु कन्फीडेन्स ड्राइभिङ इन्सीटीयुटमा गत असार १४ गते देखी हलुका सवारी चालकको प्रशिक्षण र १० महिलाहरुलाई छुसाङ गाबिसमा ३ महिने सिलाई कटाई तालिम शुरु गरिएको आयोजनाले जनाएको छ । तालीमले उनीहरुलाई स्वरोजगार बनाई सिपका माध्यमबाट आफै आय आर्जन गरि जीवनयापन गर्न सक्षम बनाउने लक्ष्य राखेको जिल्ला प्रविधिक कार्यालय मुस्ताङका कार्यालय प्रमुख समेत रहेका आयोजना प्रमुख इन्जिनियर यादबले बताउनु भयो ।  

सिलाइकटाइ तालिममा सहभागी प्रशिक्षार्थी छुसाङकी उर्मीला गुरुङ सिप सिक्न पाएकोमा दगंपरेकी छन । उनले भनिन, सामान्य सिलाइका लागि पनि सदरमुकाम वा पोखरा, काठमाण्डौ धाउनु पर्दथ्यो,  अव सिप सिकेपछि भने सबै गाउलेको सेवासगै मैले आम्दानीको श्रोत पनि पाउने भएकी छु । महिलाहरु अत्यन्तै मेहनतका साथ सिलाइकटाइ तालिम सिकिरहेको प्रशिक्षक बेनी श्रेष्ठ कपालीले बताउनु भयो ।

३ महिने सिलाइ कटाई तालीम र हलुका सवारी चालक प्रशिक्षणका लागि करिब सात, सात लाख रुपैया खर्च हुने अनुमान गरिएको असिष्टेण्ट सब इन्जिनियर कृष्ण उपाध्यायले बताउनु भयो  । उपाध्यायले भन्नुभयो आरआरआरएसडिपिले मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डरगरि ४ कन्सल्टेन्ट नियुक्त भै कार्य थालेका छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पनि १० लाख सम्मका काम प्रभाबित क्षेत्रमा स्वरोजगारका लागि सिप, खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने असिष्टेण्ट सब इन्जिनियर उपाध्यायले जानकारी दिनु भयो ।

आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि  बादरजुङ र छोसेर खोलामा झोलुङे पुल, मार्फाको पुथाङ र  लेतेको धासामा खानेपानीका योजनाहरु सुचारु भै अन्तिम चरणमा पुगेको जनाएको छ । कोवाङ, चराङ, छोसेर, छोण्हुपको चुङजुङ, ढिंगर, किमलिङमा खानेपानीको डिटेल सर्वे गरि डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणका लागि प्रोसेसिङ अन्तिम चरणमा पुगेको, छुसाङ गाबिस चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलको प्रक्रिया समेत अन्तिम चरणमा पुगेको बताएको छ ।

Wednesday, July 13, 2011

हिमाली बिद्यालयहरु एकिकरणको प्रस्ताब अगाडी सादै

चन्द्रश्वर बस्ताकोटी असार   मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक बिद्यालयहरु एकिकरणको प्रस्ताब गरिएको छ । शिक्षाको गुणस्तर बृद्धि गर्न गाउलेहरुले स्वस्फुर्तरुपमा छोण्हुप गाबिस भरका ६ प्राथमिक बिद्यालय एकिकरणको प्रस्ताब मगलबार जिल्ला शिक्षा कार्यालय मुस्ताङमा राखेका हुन ।

९ बटै वडाका पाच÷पाच जना प्रतिनिधि, ६ बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका साथै सम्पुर्ण अभिभाबक एव स्थानिय बासिन्दाको गत जेष्ठ २१ गते एकमतले आवासीय सुबिधा सहितको बिद्यालय बनाउन प्रस्ताब गर्ने निर्णय गरे पछि जिल्ला शिक्षा कार्यालयमा प्रस्ताब पेश गरिएको प्रस्ताबित एकिकृत छोण्हुप आवासिय बिद्यालयका सचिब एव भृकुटी प्राथमिक बिद्यालय किमलिका अध्यक्ष टसि ढिण्डुक गुरुङले बताए । प्रस्ताबमा ६ बटै बिद्यालयलाई एकिकरण गरि सबै गाबिसको पायक पर्ने चिजुङठोरेमा आवासिय सुबिधा सहितको बिद्यालय बनाउन माग गरिएको छ । पाल नामग्याल गुम्वाको स्वामित्वमा रहेको चिजुङठोरेको उक्त जग्गा एकिकृत बिद्यालयलाई उपलब्ध गराउन गुम्वाले सहमति जनाइ सकेको छ ।

बिगत २ बर्षसम्म हिउदका ४ महिना छोण्हुप गाबिसको लगानीमा ६ बटै बिद्यालयका बिद्यार्थीलाई एकिकृत गरि घुम्ति रुपमा पोखरामा पढाउन थाले पछि शिक्षाको गुणस्तर बृद्धि भएको भन्दै अभिभाबकहरुले स्वस्फुर्त रुपमा एकिकृत बिद्यालयको अवधारण पेश गरेका हुन । शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न छोण्हुपबासीको निणर्यलाई जिल्ला शिक्षा कार्यालय मुस्ताङले सकारात्करुपमा लिउको जनाएको छ । मुस्ताङका अधिकास बिद्यालयहरुमा बिद्यार्थी सख्या थोरै भएको अवश्थामा बिद्यालयहरु एकिकरण गनुपर्ने छोण्हुपबासीको प्रस्ताब जिल्लाको शिक्षाको गुणस्तर बृद्धिगर्न र बिद्यार्थी सख्या बढाउन मार्गदर्शक भएको जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनालले बताए ।

बिद्याथी, शिक्षकको अनुपात हेर्दा हालको भन्दा राज्यको शैक्षिक लगानि बृद्धि नहुने गरि निशुल्क आवासिय सुबिधा दिएर शिक्षाको गुणस्तर र बिद्यार्थी सख्या बृद्धिगर्न सकिने बताउदै जिल्ला शिक्षा अधिकारी खनालले भने अव केही समय भित्र जिल्ला भरका बिद्यालय एकिकरणको ठोस प्रस्ताब लैजानु पर्नेभएकाले छलफल चलाइने छ । एकिकरणका लागि मन्त्रालय र बिभागबाट स्पष्ट निर्देशन प्राप्त भए प्रक्रिया अगाडि बढाउन सकिने र  बिद्यालयहरु एकिकरण गरिएमा शिक्षामा सरकारको लगानी घट्ने, गुणस्तरीय शिक्षा प्राप्त हुने र बिद्यार्थी सख्या समेत बढाउदै सफलता पुर्वक सम्पन्न गर्न सकिन उहाको भनाई छ ।

एकिकरण प्रकृयाका लागि राज्यले हिमाली क्षेत्रका बिद्यालयलाई निशुल्क आवासिय सुबिधा उपलब्ध गराउने निति ल्याउन  आवश्यक देखिन्छ । छोण्हुपका ६ बटा बिद्यालयमा करिब ५० बिद्यार्थी रहेका छन भने करिब १८ जना शिक्षकको दरवन्दि रहेको छ । बिद्यालय एकिकरण पछि सम्पुर्ण बिद्यार्थीका लागि बढिमा ५ जना शिक्षकले गुणस्तरिय शिक्षा दिन सक्ने छन भने बढि भएका शिक्षकहरुलाई आफ्नो घरपायकका जिल्लामा पढाउन सकिने छ ।