made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
ओबामाले फेरि उम्मेदवारी दिने
अमेरिकी एजेन्सी
वासिङ्टन , चैत्र २२ गते
वासिङ्टन , चैत्र २२ गते
अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा सार्वजनिक गरेका छन् । आधिकारिक वेबसाइटमा एक भिडियो सार्वजनिक गदै २०१२ को चुनावी अभियान सुरु गर्न उनको टिमले समर्थकलाई इमेल पठाएउन सुरु गरेका हुन् ।
उनको भिडियो युट्युबमा पनि राखिएको छ । दसौं लाख अमेरिकीबीच फैलिएको अनलाइन सञ्जाल र वेब-अभियान २००८ को चुनावी प्रचारमा निकै प्रभावकारी देखिएको थियो । सानो रूपमा भए पनि अभियान समयअनुसार बढ्ने ओबामाले बताएका छन् । ‘समर्थक संगठित गर्ने, छिमेकी साथी र सहकर्मीबीच बहसको सुरुवात हुनेछ,’ उनले भने । उनको टोलीले चुनावी कागजात यसै साता पेस गर्ने तयारी गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment