made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Friday, June 10, 2011
सामाजिक उत्तरदायीत्व वहनगर्न मुस्ताङमा निशुल्क स्वास्थ्य शिबिर हुदै
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २७, जेष्ठ
बित्तिय सेवाका साथै सामाजिक उत्तर दायीत्व बहन गर्न फेवा फाइनान्सले मुस्ताङमा निशुल्क स्वास्थ्य शिबिर सचालन गर्ने भएको छ ।
आफ्नो आठौ बार्षिक उत्सबको अवसरमा फाइनान्सले जेष्ठ २९ गते आइतबार कागबेनीको समाज घरमा र ३० गते सोमबार मार्फा गाबिस पुथाङको सामुदायीक भवनमा सिबिर सचालन गर्न लागेको हो । बिरामीलाई सिबिरमा उपचारका साथै औषधी समेत निशुल्क दिइने फेवा फाइनान्स केन्द्रिय कार्यालय पोखराका नायब महाप्रवन्धक तारानाथ लम्सालले जानकारि दिनु भयो ।
नाक, कान, घाटी र प्रसुति रोगका बिरामीहरुलाई सिबिरमा बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सकबाट उपचार गराइने बताइएको छ । नाक, कान, घाटीका बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सक डा अनुपराज आचार्य र प्रसुति रोगकी बिशेषज्ञ अनुभबि वरिष्ठ चिकित्सक डा अनु शेरचन बिरामीको उपचार गर्न आउने नायब महाप्रवन्धक लम्सालले बताउनु भयो ।
जिल्ला अस्पताल मुस्ताङको स्विकृति लिएर सचालन गर्न लागिएको सिबिरका लागि चाहिने प्राबिधिक जनशक्ति अस्पतालले उपलब्ध गराउने फेवा फाइनान्स जोमसोम शाखाका प्रवन्धक नरेन्द्र थकालीले बताउनु भयो ।
सिविर सचालनको तयारी समेत पुरा भएको बताउदै बैकिङ कारोवार मात्र नभई सामाजिक सेवामा पनि फाइनान्सले कार्य गर्दैआएको जोमसोम शाखाका प्रवन्धक थकालीले बताउनु भयो ।
फेवा फाइनान्सका अध्यक्ष शुशिल गौचन, नायब महाप्रवन्धक, तारानाथ लम्साल, चिकित्सक टोली सहित उपचारमा प्रयोग हुने सामाग्री, औषधी सोमबार मुस्ताङ आइपुग्ने बताइएको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment