मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, June 9, 2011

क्षमता अभिबृद्धिका लागि कम्प्युटर तालिम

चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, २२ जेष्ठ
सेवा ग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउने हेतुले मुस्ताङका कर्मचारीलाई ५ दिने कम्प्युटर तालिम दिन शनिवार देखि शुरु गरिएको छ ।जिबिस, बिषयगत कार्यालय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई जिल्ला बिकास समिति मुस्ताङ स्थानिय स्वायत्त शासन तथा सामुदायीक बिकास कार्यक्रम, क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत कम्प्युटर सफ्टवेयर एव हार्डवयर तालिम  दिन थालिएको हो ।कर्मचारीलाई सम्पुर्ण अफिसियल कार्यहरु बिधुतिय माध्यमद्धारा सम्पादन गर्न सक्षम बनाउने उद्देश्यका साथ कर्मचारीको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको जिल्ला बिकास समिति मुस्ताङका जिल्ला सहजकर्ता राजेन्द्रमान श्रेष्ठले बताए । कार्य सम्पादन छिटो छरितो गरि फाइलिङ सिस्टम चुस्त दुरुस्त गराई समयमै आवश्यक सुचना आदान प्रदानको लागि तालिमको आयोजना गरिएको हो ।तालिममा १५ जना सहभागी प्रशिक्षार्थीलाई जिल्ला सहजकर्ता राजेन्द्रमान श्रेष्ठ र जिबिसका कम्प्युटर अपरेटर नारायण पौडेलले सैधान्तिक एव प्राबिधिक प्रशिक्षण दिएका छन ।प्रमुख जिल्ला अधिकारी योगेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको उदधाटन गरिएको थियो । उदधाटन कार्यक्रमको अध्यक्षता स्थानिय बिकास अधिकारी श्याम राज अधिकारीले गर्नु धएको थियो ।आगामि दिनमा क्षमता अभिबृद्धि गर्न प्राबिधिक कर्मचारीलाई रोड डिजायन सम्वन्धि सफ्टवयर तालिम, स्थानिय स्वायत्त शासन नियमावलि सम्वन्धि अनुशिक्षण कार्यक्रम, गाबिसहरुको लेखा ब्यबस्थापनका लागि रजिष्टर अडिटर तथा टिओटी प्राप्त प्रशिक्षक परिचालन, जिबिस र बिषयगत कार्यालयका कर्मचारीलाई डिपिमास सफ्टवयेर उपलब्ध गराइने छ ।

No comments:

Post a Comment