मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, April 29, 2011

मुस्ताङका तीन गाविस मोबाईल विहिन

विश्वास खड्काथाकी, मुस्ताङ,
मुस्ताङ जिल्लालाई दुर्गम जिल्ला मानियता पनि केहि समय यतादेखि सञ्चार क्षेत्रमा भने विकास भएको सहज अनुमान गर्न सकिन्छ । यहि विकासक्रम सँग सँगै मुस्ताङ जिल्लामा जीएसएम  मोवाइल, स्काई  पीएसटिएन फोन, भीस्याट, एडीएसयल  इमेल इन्टरनेट लगाएतका सेवाहरु दुरसञ्चारले प्रदान गर्दै आइरहेको छ । यी यस्ता सेवाहरु प्रदान गरेता पनि मुस्ताङका १६ गाविस मध्ये तीन गाविस सुर्खाङ चराङ र घमी अझैपनि मोवाइल सेवाबाट बन्चित छन् । तर उक्त गविसमा वैकल्पीक सञ्चार साधनको रुपमा भीस्याट, फोन सेवा उपलब्ध गराइएको दुरसञ्चार कार्यालय प्रमुख होम बहादुर भुजेल बताउछन् ।
मुस्ताङमा अहिलेसम्म जीएसयम  मोवाइलको सिम ४४ सय, स्काईको २ हजार ३ सय सिम बाँढिएको त्यस्तै सदरमुकाममा २ सय २१ एक्त्ल् फोन र मुस्ताङ भरि ५३ भीस्याट फोन बाढिएको भुजेल बताउछन् । भीस्याट सेवा प्रत्येक गाविसमा वाँढिएको छ । सुर्खाङ र झोङमा १÷१ वटा त्यसै गरि अन्य गाविसमा २ देखि ८ वटासम्म यो सेवा वितरण गरिएको उनले जानाकारी दिए । यी सेवाहरु दुरसञ्चारले उपलब्ध गराएता पनि सवै ठाउँमा पुरै सेवाहरुले काम गरेको  पाइदैन । अहिले जीएसएम सेवा घाँसा, टुकुचे, कोवाङ, मार्फा जोमसोम, कागवेनी झोङ, मुक्तिनाथ, छुसाङमा उपलब्ध छ भने स्काईले कागवेनी, सुर्खाङ, चराङ र घमी वाहेक अन्य ठाउँहरुमा काम गरेको पाईन्छ । सदरमुकाममा मात्र कैद भएको एक्त्ल् टेलिफोन सेवालाई विस्तार गरि १००० सम्म वितरण गर्ने भुजेलले बताए । यी तीन गाविसमा किन फोन सेवा नपु¥याइएको हो भन्ने जिज्ञासामा उनले केहि समस्या परेको भनियता पनि समस्या के परेको हो भने खुलाएनन् । वरु यसै वर्षमा त्यहाँ मोवाईल सेवा उपलब्ध गराउने उनले जानकारी दिए । निकट भविश्यमा नै लेते र ढुम्बामा जीएसएम  सेवा प्रदान गर्नको निम्ति ढुम्बा
डाँडामा एउटा टावर राख्नेपनि उनको भनाई छ । हाल मुस्ताङ दुरसञ्चारबाट काठ्माण्डौ पोखरामा उपलब्धहुने भ्ख्म्इ, ऋएजयलभ वाहेक सवै सेवा प्रदान गर्दै आइरहेका छौ । तर वेला बेलामा विकटताको साथै हावाहुरीको कारण सेवा ठप्प हुने उनले वताए ।

No comments:

Post a Comment