मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, April 29, 2011

अनुमानित भन्दा बढिलाई पोलियो खुवाईयो


विश्वास खड्काथोकी, मुस्ताङ,
१३ औं राष्ट्रिय खोप अभियानको दोस्रो चरणमा हिमाली जिल्ला मनाङ,
मुस्ताङ, सोलुखुम्बु, हुम्ला, जुम्ला, डोल्पा र मुगुमा ५ वर्ष भन्दा मुनिका
बालवालिहरुलाई पोलियो थोपा खुवाइयो । जसमा मुस्ताङ एकदमै सफल रहेको
र कुनैपनि बालबालिका थोपा खानबाट नछुटेको खोप सुपर भाइजर सनत कुमार
खड्काले बनाउछन् ।
जिल्ला स्वास्थ्य कार्यालयले यसपाली १ हजार ३ सय ११ जनालाई थोपा खुवाउने लक्ष्य राखिएको थियो ताकि बालबालिकाको संख्या पनि उतिनै हो । तर सवै
गाविसबाट प्राप्त  विवरण अनुसार अनुमान गरेभन्दा बढि १३ सय २४
जनालाई पोलियो खुवाइएको खड्का बताउछन् । मुस्ताङको मात्र नभएर कतिपय
मुस्ताङ बाहिरको बालबालिकाहरुलाई पनि थोपा खुवाइएको कारण यसको
संख्यामा बृद्धि भएको उनले वताए। मुस्ताङमा वालवालिका छुट्ने सम्भावना हुदैन,
पोलियो खुवाउनेको दोस्रो दिन घर दैलो अभियान गरेको कारण पनि
यहाँका कुनै बालबालिका नछुटेको उनले बताउछन् । मुस्ताङमा ३ सय ५०
पोलियो भ्याक्सीन ल्याईएको थियो जुन दोस्रो चरन अर्थात वैशाख २४ र २५
गते हुने पोलियो खोप अभियानमा प्रयौग गरिने छ ।

No comments:

Post a Comment