मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Saturday, April 9, 2011

वैज्ञानिकहरू बर्ड फ्लु नलाग्ने कुखुराको नष्ल तयार पार्न सफल



बर्ड फ्लुबाट अब बिना डर त्रास कुखुराका सपेटा खान पाइने, मानिसमा सरेर लाग्ने उपचार खर्च जोगिने, सास्ती भोग्नु नपर्ने र कुखुरामा लागेर लाखौँ लाख क्षति ब्यहोर्नु नपर्ने आशा वैज्ञानिकहरूले गरेका छन् । 
बर्ड फ्लुको आतंकले मानिसहरु हरेक वर्ष हैरान परेको बेला अब भने  ढुक्क हुने भएको छ । वैज्ञानिकहरूले बर्ड फ्लु नलाग्ने कुखुराको नष्ल तयार पार्न सफल भए पछि एस्तो भए को हो । 
फोटोमा देखिएको यो भाले कुखुरा पनि त्यसैगरी हुर्किएको हो ।
अहिले तयार हुदै गरेका कुखुरा भने मानिसले खाने अवस्था भैनसकेको र बैज्ञानिकहरु अनुसन्धानको प्रारम्भिक चरणमै रहेको बताएका छन् । आफूहरू बर्ड फ्लु लाग्दै नलाग्ने मानिसले खान हुने कुखुराको विकास गर्ने चरणमा रहेको अनुसन्धानमा संलग्न क्याम्ब्रिज विश्व विद्यालयका प्राध्यापक लोरेन्स तिलेले बताए । अहिले उत्पादन हुदै गरेका कुखुरा अनुसन्धानका लागि मात्रै भएको उनीहरूको भनाई छ ।
बर्ड फ्लु लाग्ने अनुवंशिकि (जिन)  लाई नै निर्मूल गरिदिने प्रविधि भेट्टाएको बैज्ञानिकहरुको दाबी छ  उनीहरूले विकास गरेका कुखुरामा बर्ड फ्लुको जीवाणु राखि दिएर अरू कुखुरासँग छोडीदिँदा नश्ल बदलेको र नबदलेको कुनै पनि कुखुरामा नसरेको निर्क्यौल भएपछि यो तथ्यलाई बाहिर ल्याएको दाबी गरेका छन् । बर्ड फ्लु ठूलो समस्याका रूपमा रहेका क्षेत्रमा यसले आर्थिक सुधार र मानवीय स्वास्थ्यमा ठूलो सहयोग पुग्ने आसा वैज्ञानिकहरूको छ ।
वैज्ञानिकहरूको अनुसन्धानमुलक पत्रीका साइन्सका अनुसार युरोपेली वैज्ञानिकहरूले कुखुराको वंशालाइ नै केही बदलिदिएर वा नष्ल लाई अलिकति बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाएका हुन् । क्याम्ब्रिज र एडनबर्गका वैज्ञानिकहरूले यो नष्ल बदलिएको कुखुरामा बर्ड फ्लु लाग्न सक्ने तर अरूमा भने नसर्ने दाबी गरेका छन् ।

हुनत यो बर्ड फ्लु मुख्य गरि चरामा र खासगरी कुखुरामा लाग्छ । तर मानिसमा सरेपछि श्वास प्रश्वास लगायतका अन्य समस्या ल्याउँछ । मानिसमा सरेको घटना सन् १९९७ मा हङकङमा फेला परेको थियो । सन् २००४ मा मलेशिया, भियतनाम लगायत विश्वका थुप्रै ठाउँमा देखा परे । नेपालका केहि स्थान मा समेत बर्ड फ्लु संक्रमित कुखुरा भेटिए पछि उक्त  छेत्रका सम्पूर्ण  कुखुरा नस्ट गरिएको थियो ।


No comments:

Post a Comment