made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Saturday, April 9, 2011
पर्यटकीय स्थल पुनहिलमा पर्यटकको घुइँचो
सन्तोष गौतम
म्याग्दी २७ चैत । म्याग्दीको पुनहिलमा आन्तरीक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
घार गाविसमा पर्ने पुनहिल र घोरेपानीमा रहेको जंगल हिजोआज पाखाभरी ढकमक्क फूलेको लालिगुराँसले मनमोहक बनेको छ । गुराँसको अवलोकनका साथै पुनहिलबाट देखिने हिमऋङ्खला र सुर्योदयको दृष्य अवलोकन गर्न पर्यटकको भिड लागेको हो ।
बसन्त ऋतुको सुरुवातसँगै पुनहिलमा बेलायत, अमेरीका, दक्षिण कोरीया, भारत, चिन, फ्रान्स लगायत देशका साथै काठमाडौ, पोखरा, चितवन, भैरहवा लगायतका स्थानबाट दैनिक सँयौ पर्यटक आउने गरेका छन् ।
पुनहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी लगायत १५ भन्दा बढी हिमऋङखलाका साथै म्याग्दी, पर्वत, कास्की लगायत जिल्लाको अवलोकन गर्न सकिन्छ । घोरेपानीमा रहेको जंगलमा रातो, सेतो लगायत ७ प्रजातीको लालीगुँरास पाईन्छ ।
गुराँसको पाखामा हिमऋङ्खलाहरूलाई पृष्ठभुमीमा पारेर पुनहिलमा तस्विर खिचाउनेको घुँइचो लागेको घोरेपानीका पर्यटन व्यवसायी टेकसर पुनले बताउनुभयो । मुस्ताङ र कास्की भएर घोडेपानी बास बस्ने पर्यटक बिहानै ४५ मिनेट उकालो हिँडेर सुर्योदय र हिमऋङ्खलाको दृष्य अवलोकन गर्न समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिलमा पुग्छन् ।
घोरेपानी होटल व्यवसायी संघका अनुसार आन्तरीक र बाह्य गरेर दैनिक ५ सय जनाको अनुपातमा पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्ग भित्र पर्ने सो ठाउँमा कास्कीको नयाँपुल, बिरेठाँटी हुँदै शैक्षिक भ्रमण र सामुहीक यात्राका लागि आउन आन्तरीक पर्यटकको चाप उच्च छ ।
विगतका वर्षको तुलनमा यस वर्ष पर्यटकको चाप बढेको घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । भ्रमणका लागि उपयुक्त वातावरण भएकाले चैत, बैशाख र असोज, काक्तिक महिनामा बढी मात्रमा पर्यटक आउने गरेका छन् ।
पर्यटकको सुबिधाका लागि घोरेपानीमा करिब ४० वटा होटल सञ्चालनमा छन् । एक दिनमा पर्यटकले दैनिक न्युनतम एक हजार ५ सय रुपैया खर्च गर्छन् । घोरेपानीका बासिन्दाको प्रमुख आयस्रोत होटल व्यवसाय हो । पर्यटकलाई आकर्षित गर्न घारेपानीबासीले मगर संस्कृतीमा आधारित संग्रहालय पनि सञ्चालन गरेका छन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment