मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, April 29, 2011

कालीगण्डकी करिडोर छिटो सम्पन्न गराउन धौलागिरीका सभाषद एकजुट

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, १६ बैसाख
जेठ १४ भित्र संविधान निर्माण हुने सम्भावना निकै कम रहको एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्माले बताउनुभएको छ ।

शुक्रबार मिरेष्ट नेपालले मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन आउनुभएका शर्माले पत्रकारहरुसग पुर्ण संविधान जारी गर्न नसकिएपनि एकिकृत मस्यौदा भने सार्वजनिक गर्न सकिने बताउनुभएको हो । जति सुकै मत बाझीएको देखिएपनि नेपालका राजनितिक दलहरु अन्तमा आवश्यकताको बेला एक भै निर्णयमा पुग्ने गरेको समेत बताउनु भयो ।

उहाँले राजनैतिक अस्थिरताले विकास निर्माणलाई प्रभाव पार्न नहुने समेत प्रस्ट पानुभयो । नर्वेका राजदुत थोर जिसले सेन, नेकपा एमालेकी सभाषद् लक्की शेर्पा लगाएतका नेताहरूसंग जोमसोमको एयरपोर्ट स्थित एक्याप जोमसोमको कार्यकक्षमा सञ्चारकर्मीसंग कुराकानी गदै शर्माले शान्ति र संविधान माओबादीको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरि अञ्चलको मात्र नभई नेपालकै विकासका लागि कोसेढुङा सावित हुने भएको चिन र भारतलाई छोटो दुरीमा जोड्ने कालीगण्डकी करीडोर सम्पन्न गर्न सवै राजनैतिक दलका सभाषद एक जुट भएको समेत बताउनुभयो । उहाँले बिकास निर्माणमा दलगत स्वार्थ प्रयोग हुन नहुने समेत प्रस्ट पार्नुभयो । भैरहवा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्ला समेत जोडने कालीगण्डकी करिडोरले नेपालकै बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताइन्छ ।

कार्यक्रममा नर्वेका राजदुत थोर जिसले सेनले शान्ति प्रकृया र सबिधान निमार्णमा नर्वेले उत्तीकै महत्व दिएको बताउदै सबिधानले नागरिकको र नागरिकले सबिधानको रक्षा गर्नुपर्ने बताउनु भयो ।

सार्वजनिक सुनुवाईका लागि एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्मा, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, एकिकृत नेकपा माओबादीका सभाषद बिरेन्द्र ज्वारचन, नेकपा एमालेकी सभाषद् लक्की शेपा र टसि साङमो गुरुङसेनी नर्वेका राजदुत थोर जिसले सेन लगायत मुस्ताङ आएका हुन । पत्रकार भेटधाटमा नेपाली काग्रेसका नेता मिनेन्द्र रिजाल भने सहभागी हुनु भएन । कार्यक्रममा स्थानिय बासीन्दा, आमा समुहका प्रतिनिधिहरु, मिरेष्ट नेपालका अध्यक्ष सुरेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment