made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, May 3, 2011
माओवादी प्रवक्ता जनताको घरदैलोमा, प्रवक्ता शर्माको भब्य स्वागत
मुस्ताङ, १८ बैसाख
स्थानिय बासीन्दाले कागबेनीको पाङलिङमा ३ सय रोपनी क्षेत्रफलको ल्हेकीनामामा सामुहिक अर्गानिक स्याउ खेतिगर्न सकिने भएकोले सरकारसग पर्खाल बनाउन, सिचाईको ब्यबस्था गर्न आथीक एव प्राबिधिक सहयोगका लागि बिषेश पहल गरिदिन आग्रह गरेका थिए । जनताले नै यस्ता उत्कृष्ट सोच ल्याएकोमा आफुले सरकार समक्ष जनताका कुरा पु¥याउने, कागबेनी गाबिसका पाङलिङ, फल्याक, धार्कजुङ र शान्ताका लागि उपस्वास्थ्य चौकी आवश्यक देखिएकाले पहल गर्ने आश्वासन प्रवक्ता शर्माले दिनुभयो ।
स्थानियवासिन्दाले शर्माको भब्य स्वागत गदै आफ्ना समस्याहरु राखेको पाङलिङका स्थानिय बासीन्दा पेमा ढुण्डुक गुरुङले बताउनुभयो । कार्यक्रम पाङलिङ प्राथमिक बिद्यालयका प्रधानाध्यापक निर्मल गिरीले सचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा सभाषद बिरेन्द्र जवारचन, एकिकृत नेकपा माओवादी मुस्ताङका इन्चार्ज कृष्ण प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment