made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 5, 2011
स्थानियबासीको सक्रियतामा मुस्ताङमा १४ सय फुट भन्दा लामो पुल बन्दै
चन्द्रश्वर बस्ताकोटी
जोमसोम, बैसाख
सोच राम्रो बनाउदै काममा बिश्वास गर्नेहरुलाई पैसाको खाचो पर्दैन, आफ्नो गाउ आफै बनाउनु पर्छ, बिकासका लागि कसैको मुख ताक्न हुदैन भन्ने गतिलो उदाहरण मुस्ताङको कोवाङ गाविसको सौरु र खन्ती गाउँका बासिन्दाले देखाएका छन् । आफ्नो गाउँमा आवश्यक पर्ने पुलको अभावमा बषौ देखि विभिन्न निकायबाट सहयोगको आसामा बसेका स्थानियबासिन्दाले करिव ७० लाखको लागतमा निर्माण सुरु गरेको पुलको कार्य तिव्रताका साथै अघि बढ्दै गइरहेको छ ।
कालिगण्डकीको वारीपारी सम्मको पुलमा करिब २८ फुटको अन्तरमा ५० पिल्लर रहेका छन् भने स्थानियबासिन्दाले निरन्तर श्रमदान समेत गरिरहेको स्थानियबासिन्दा हरि तुलाचनले बताए । पुल निमार्ण भएपछि स्थानिय बासिन्दा मात्र नभई धुलोले दिक्क बनेका पदयात्रा गर्ने आन्तरिक एव बाह्य पर्यटकले समेत आनन्दको अनुभुति गर्ने छन । सौरु र खन्ती दुई गाउँका बासिन्दाको आवतजावत गर्दा कालिगण्डकीको तिर हुदै नदि तरेर जानुपर्दा बषेर्नी ज्यान गुमाउनुपर्ने बाध्यता भोगी रहेको यस क्षेत्रका बासिन्दाले जनश्रमदानका साथै चन्दा संकलनबाट पुलको निर्माण गरिरहेका हुन् । पुल बन्न शुरु गरे पछि स्थानियबासीन्दाहरु आआफ्नो अवश्था अनुसार कसैले केहि पिलर बनाई रहेका छन भने कसैले आर्थीक सहयोग निरन्तर सहयोग गरिरहेको तुलाचनले बताए । करिब १० पिलरमा काठ बिच्याउने कार्य सम्पन्न भएपनि अन्य पिलरको केहिकाम र काठ बिच्याउने कार्य भै रहेको छ । ठुलो बगरमा देखिने पिलरहरुको आकर्षणले पर्यटकमात्र नभई फिल्म सुटीङ गर्न आउनेहरुलाई समेत आकर्षीत गर्न थालेको छ ।
पुल निमार्णका लागि स्थानिय जगलबाट पहिले भएको करिब ३५लाख आम्दानी समेत प्रयोग गरिएको छ । पुल निर्माणका लागि स्थानिय जंगलको घाँस दाउँरा विक्रि समेत गर्ने गरेका छन् । जिल्ला बिकास समिति मुस्ताङले भने हाल सम्म करिब ८ लाख रुपैया उपलब्ध गराउने भएको छ ।
जोमसोम, बैसाख
पुल निमार्णका लागि स्थानिय जगलबाट पहिले भएको करिब ३५लाख आम्दानी समेत प्रयोग गरिएको छ । पुल निर्माणका लागि स्थानिय जंगलको घाँस दाउँरा विक्रि समेत गर्ने गरेका छन् । जिल्ला बिकास समिति मुस्ताङले भने हाल सम्म करिब ८ लाख रुपैया उपलब्ध गराउने भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment