मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 3, 2011

मुस्ताङको सदरमुकाम स्थित एयरपोर्ट पुथाङमा पानीको हाहाकार

चन्द्रश्वर बस्ताकोटी
जोमसोम १८, बैसाख
मुस्ताङको मार्फा गाविस स्थित पुथाङ एयरर्पोट क्षेत्रमा पछिल्लो समय खानेपानीको हाहाकार भएको छ । थोरै मात्रामा भएपनि आउने गरेको खानेपानी बिगत १० दिन यता पुर्ण रुपमा बन्द भएपछि पानीको हाहाकार भएको हो  ।

मार्फा गाविसको स्याङ तल्लो सताङफु भन्ने ठाउँबाट ल्याइएको खानेपानीको मुहान र पाईपमा चुना जमेकाले खानेपानीको समस्या भएको होटल म्याजेष्टीका सञ्चालक खगेन्द्र तुलाचनले जानकारी दिए । मुहानमा समेत पर्याप्त मात्रामा खानेपानी नभएकाले र मर्मत समेत हुन नसक्दा समस्या उत्पन्न भएका हो । अन्य प्रयोजनका लागि समेत एक थोपा पानी छैन तुलाचनले बताए ।

पुथाङ एयरपोर्टमा रहेका करिब ४० भन्दा बढि सुबिधा सम्पन्न होटलहरुले पानीको अभाबमा पर्यटकहरुलाई यथेष्ट सुबिधा दिन नसकिएको बताउदै बताएका छन । आफ्नो होटलमा ३० जना भन्दा बढि पर्यटक राख्न सकिने भए पनि पानीको अभाब पछि ४ जना भन्दा बढि पर्यटक नराख्ने गरेको कृषु गेष्ट हाउसकी शुसिला गौचनले बताइन । होटल ब्यवसायी, स्थानिय बासीन्दाहरु, बिभिन्न कार्यालयका कर्मचारीहरुले खानेपानीका लागि मार्फा गाउँ, मार्फाको स्याङ खोला, जोमसोम गाबिसमा रहेको घट्टेकुलो लगायतका क्षेत्रमा कोही टेक्टर लिएर, कोही मोटर साइकल त कोहीले पिठ्युमा बोकेर पानी ल्याउने गरेको छन् ।  खानेपानीको अभावले मुस्ताङ आउने आन्तरिक एव बाह्य पर्यटक समेत समस्यामा परेका छन् ।

ग्रामीण पुन स्थापना तथा पुन उत्थान आयोजनाले करिब ६० लाखको लगानीमा धौलागिरी हिमालको फेदी मार्फा गाबिस स्याङगाउको उपल्लो सताङफुबाट पुथाङ एयरपोटमा खानेपानी ल्याउन नया योजना निमाणधिन अवश्थामा रहेकोे छ । तर हिउको मात्रा घट्यो भने त्याहा समेत पानी कमहुन सक्ने र पुथाङबासी पानीको समस्यामा पर्न सक्ने पुथाङका स्थानिय बासिन्दा कृष्ण गौचनले बताउनु भयो । उक्त योजना यसै बर्ष भित्र सम्पन्न हुने बताइएको छ ।  पानीकै अभावका कारण लोमन्थाङको ााा र सुर्खाङ गाबिसको ध्येगाउँ बिस्थापित हुने अवश्थामा पुगेका छन । 

No comments:

Post a Comment