मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 5, 2011

चौरीको आलोरगत पिउने मेलाबाट २६ लाख भन्दा बढि आम्दानी


चन्द्रश्वर बस्ताकोटी, जोमसोम २१, बैसाख
मुस्ताङको कोवाङ गाविसमा आयोजना गरिएको चौरीको आलो रगत पिउने मेलाबाट करिब २६ लाख भन्दा बढि आम्दानी भएको छ ।
धौलागिरि चौरी पालक कृषक समुहले आयोजना गरेको आलो रगत पिउने मेलामा चौरीको आलो रगत, मासु र अन्य ब्यापारबाट सो परिमाणको आम्दानी भएको धौलागिरी चौरी पालक समुह मुस्ताङका सचिब सकेन्द्र गौचनले बताउनुभयो ।

धौलागिरि चौ“रीपालन कृषक समुहले आयोजना गरेको मेलामा किसानका १४ गोठका चौरी ल्याइएको छ । एक गिलास चौरीको आलो रगतको १ सय रुपैया पर्ने गर्दछ । प्रत्येक बर्ष आयोजना गर्ने गरिएको यस्तो महोत्सबमा करिव १४ लाखको आलो रगत, करिब ५ लाखको मासु र करिब ७ लाखको अन्य ब्यापार भएको बताइएको छ । गत बर्ष करिब १९ लाख किसानहरुले आम्दानी गरेका थिए । ७ सय भन्दा बढि चौरी मध्ये करिब ५ सय चौरीको आलो रगत निकालिएको थियो ।

उच्च हिमाली क्षेत्रमा पाईने यार्सागुम्वु, निरमसी, पाँचऔले र जटामसी जस्ता जडिबुटीहरु खाएर बांचेका चौरीगाईको आलो रगत पिउन मुस्ताङ, म्याग्दी, काठमाडौ, चितवन, कास्की, वाग्लुङ पर्वत, सोलुखुम्वु लगायतका ठाउबाट विरामीहरु आएका थिए ।

सडक र हवाई मार्ग हुदै रगत पिउनका लागि काठमाडौ, चितवन, पोखरा, म्याग्दी लगायतका क्षेत्रबाट आउने विरामीको संख्या विगतका बर्षमा भन्दा बढ्दै जान थालेको चौरी पालक कृषकहरुले बताएका छन् । ग्याष्टीक लगायतका रोगहरु निको हुने रगत पिउन महिला, सानासान बालबालिका देखि बृद्धबृद्धासम्म आउने गरेका छन् ।



मेलामा ल्याइएका चौरीको आलो रगत निकाल्नु पुर्व जिल्ला पशुसेवा कार्यालय मुस्ताङले स्वास्थ्य परिक्षण गर्ने गरेको कार्यालयले जनाएको छ । गत ५ गते देखि शुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।

No comments:

Post a Comment