made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
चरन अभाबले चौरीहरु मर्दा कृषकहरुलाई लाखौ नोक्सानी
जोमसोम, बैसाख २५
हिमाली जिल्ला मुस्ताङमा यो बर्ष चरन क्षेत्रको अभावका कारण माउ र बच्चा गरि करिव ५० भन्दा बढि चौरी मरेको कृषकहरूले बताएका छन् ।हिमाली क्षेत्रमा यो बर्ष पटक पटक हिमपात भएकाले हिमाल नजिकै माथील्लो चरन क्षेत्र सम्म पुग्न नसकेका चौरीहरु तलको चरन अपुग भएर, बाघको समस्या र केहि भिरबाट लडेर मरेको कृषक धौलागिरी चौरी पालक समुह मुस्ताङका सचिब सकेन्द्र गौचनका बताए । मर्ने मध्ये सवै धौलागिरी आइसफल तर्फको चरण क्षेत्रमा चर्ने चौरीहरु हुन । कृषक गौचनका अनुसार चौरीहरु कुनै रोग लागेर नभै बिषेश गरि चरन अभाबले मरेका हुन । केहि बर्ष अगाडि सम्म १० गोठ चौरी रहेकोमा गत बर्ष देअि १४ गोठमा करिब ७ सय चौरी उक्त चरन क्षेत्रमा चराउने गरिएको छ ।जसमा राजेन्द्र तुलाचनको १४, सुक बहादुर बाग्दासको ८ लगायत विभिन्न कृषकहरूको सो परिमाणमा मरेको बताइएको छ । चरनको अभावमा चौरी मर्दा समेत जिल्ला पशुसेवा कार्यालयले चासो नदेखाएको केही कृषकहरूले गुनासो गरेका छन् । तर गौचनले भने चौरी मर्नुमा जिल्ला पशुसेवा कार्यालयसग सम्वन्धित बिषय नरहेको जानकारी दिए ।कोवाङ नाउरीकोटका कृषक गौचनका अनुसार चौरीबाट राम्रो आम्दानी हुने भएकाले किसानहरूले चौरी बढाउदा चरन अभाब भएको हुदा अव चौरी थप्न नहुने बताए ।चौरीबाट नै राम्रो आम्दानी गर्न सफल भएका कृषकहरूले यसका लागि आबश्यक पर्ने चरन क्षेत्रको ब्यवस्था गर्न समेत माग गरेका छन् । उनिहरूले विगतका बर्षमा भन्दा चरनका अभावले क्षती हुन थालेको समेत बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment