made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, May 19, 2011
बाटो बनेर यातायातका साधन गुुडेकोमा चिन्ता
चन्द्र बस्ताकोटी , मुस्ताङकोे सिमावर्ती म्याग्दीको नारच्याङ गाविस कोप्चेपानी लगायतका मुस्ताङका केहिगाउका बान्दिाहरू जोमसोेम बेनी सडक संचालन भएपछि समस्यामा परेका छन् ।विगत तिन वर्ष देखि बेनी जोेमसोेम सडक संचालनमा आएपछि म्याग्दी नारच्याङको कोप्चेपानि, मुस्ताङको लेते गाविसको कोखेठाटी, कोवाङ गाविसको सौैरू, मार्फाको छैरो लगाएतका स्थानका होटल व्यवसायीहरू समस्यामा परेका हुन ।गाउँ नजिकैको बाटो भएर यातायातका साधनहरू गुड्नथालेको समयदेखि नै आन्तरिक एवम् वाह्य पर्यटकले यातायातको साधन प्रयोग गर्न थालेपछि होटल व्यावसाय गरेर बस्ने स्थानिय बासिन्दा बैैकल्पिक पेशा नभएपछि थप चिन्तामा परेका हुन् ।होटल व्यावसायीहरूले यातायातको संचालन भएपछि पदयात्रा वाट यस क्षेत्रमा आउने बिदेशी तथा स्वदेशी पर्यटक ९५ प्रतिशतले घटेको व्यवसाय गरेर बसेकी नारच्याङकी कमला बोहराले बताउनुुभयो ।मोटरवाटो संचालन भएपछि यि गाउँहरू सुन्य भएका आफुहरुको रोजिरोटी समेत गुमेको बोहोराको भनाई छ ।यातायातका साधन सञ्चालनमा आउनुभन्दा अगाडिसम्म दैनिक दशहजार रुपैयाँसम्म व्यापार हुनेगरेकामा यातायातका साधन गुडड्नथालेपछि दैनिक रोजीरोटीमा समेत समस्या परेको भन्दै बैकल्पीक पदमार्गको निर्माण नभए गाउँ नै छाड्नुपर्ने अवस्था आउनसक्ने स्थानीयवासीहरुको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment